सोभियत युनियनले खिचेको हिरोशिमा नागासाकीको भिडियो देखाईयो (भिडियो सहित)

टोकियो। सन् १९४५ पछी जापानको हिरोशिमा र नागासाकीमा अमेरिकाले गरेको एटम बम हमला पछि त्यहाँ खिचेको दुर्लभ भिडियो पूर्व सोभियत युनियनका अधिकारीहरुले मिडियामा सार्वजनिक गरेका छन् ।

सोभियत युनियनका अधिकारीहरुले हिरोशिमा म्युजियममा सो भिडियो देखाएका हुन् । रसियाका तल्लो सदनका प्रवक्ता सर्जी नर्सिकिनले आफ्नो टोकियो भ्रमणको क्रममा जापानी प्रधानमन्त्री सिन्जु आवेलाई त्यो भिडियो उपलब्ध गराएका थिए ।

त्यसपछि जापानको विदेश मन्त्रालयले त्यो फिल्म भिडियो हिरोशिमा सिटीमा पुर्याएको थियो । पत्रकारका लागि  त्यो भिडियो दोस्रो पटक  बिहिबार हिरोसिमा शान्ती संग्राहलयमा  देखाईएको थियो । सोभियत संघको अन्वेषण मार्फत तयार पारिएको उक्त  भिडियो पाँच मिनेटको रहेको अधिकारीहरुले बताएका छन्  ।

जसमा एक मिनेट ३० सेकेण्डको भिडियो हिरोसिमाको रहेको छ भने दुइ मिनेट ३० सेकेण्डको भिडियो भने नागाशाकीको रहेको छ ।
हिरोसिमा फुटेज सन १९४५ को शरद ऋतुमामा खिचिएकोे विश्वास गरिएको छ  ।

लिटल म्यान र फ्याट बोइ नामका परमाणु बमलाई सन १९४५ को अगष्ट ६ मा नागाशाकीमा तथा अगष्ट ९ मा हिरोसिमामा संयुक्त राज्य अमेरिकाले खसालेकोे थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?