ओलम्पिक खेलको सफलताको लागी आवे र कोइके प्रतिबद्द

टोकियो । जापानको राजधानी स्थित टोकियोको नवनिर्वाचित गभर्नर युरीको कोइके जापानकै नवनिर्वाचित प्रधानमन्त्री सिन्जो आवेसंग भेटवार्ता गरेकी छिन ।

उनले २०२०मा  जापानमा आयोजना  ओलम्पिक तथा पाराओलम्पिक को सफल उद्धारको लागि केन्द्रिय सरकारसंग सहकार्यको प्रतिबद्धता जायर  गरेकि छिन ।

abe-koike

आवेले टोकियोको नवनिर्वाचित गभर्नर कोइकेलाई बधाइ दिदै  उनले कोइको विजयले  जापानी लिवरल प्रजातान्त्रीक पार्टीलाइ चोट पुर्याएको बताएका छन । कोइकले टोकियो गभर्नरको लागि कुनै पनि राजनितीक समर्थन  बिनानै आफ्नो उमेद्धवारी दिएकी थिइन् ।

प्रधानमन्त्री आवेले जापानको केन्द्रिय तथा महानगरीय सरकारलाई टोकियोमा हुदै गरेको ओलम्पिक तथा पाराओलम्पिकको सफलताको लागि सहकार्य गर्नुपर्ने बताएका छन् ।

कोइकेले प्रतिक्रियामा  टोकियोले केन्द्रिय सरकारसंग राम्ररी र दृढ रुपमा सहकार्य गर्ने  प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

साथै आवेले कोइकेलाई हालै  थपिएका ओलम्पिक मन्त्री टामायो मरुकावा र कोइकेविच कुशल सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?