अंग्रेजी भाषालाई जापानमा औपचारिक पाठ्यक्रम बनाईने

जापान।जापानको शिक्षा मन्त्रालयको एउटा समितिले अंग्रेजी भाषालाई कक्षा ५ देखि औपचारिक पाठ्यक्रम रुपमा पढाउन प्रस्ताव गरेको छ ।

त्यो समितिले अंग्रेजी विषयमा विशेष गरि सुनाई, बोलाई र अंग्रेजी भाषामा बोलिने कामहरुमा(Listening, Speaking) मुख्य जोड दिईने समेत बताएको छ ।english-class-in-japan

त्यसतै कक्षा तिन देखि नै अंग्रेजी भाषाको सुनाई र बोलाईलाई प्राथमिकतामा राख्ने समितिले जनाएको छ ।

प्राथमिक तहको शिक्षामा जापानको शिक्षा, संस्कृति, खेलकुद, विज्ञान तथा प्रविधि मन्त्रालयले कसरि सिक्ने भन्दा पनि के सिक्ने भन्ने प्रकारको विषयको निर्माण गरेको बताएको छ  ।

त्यस्तै माध्यमिक तहमा पब्लिक भन्ने नयाँ विषय थप गरिएको शिक्षा मन्त्रालयले बताएको छ ।

किशोर तथा किशोरीहरुलाई समाजमा राजनैतिक विषयमा छलफल गर्न, श्रममा भाग लिन प्रोत्साहन गर्दै देशमा हुने निर्वाचनमा सक्षम मतदाताको विकास गर्न मन्त्रालयले त्यो विषयलाई कोर्समा राखेको बताएको छ ।

त्यस्तै जापान र विश्वको आधुनिक ईतिहास बारे ज्ञान हासिल गर्नको लागि सघाउ पुग्ने उदेश्यले शिक्षा मन्त्रालयले ‘साधारण ईतिहास ‘ नामक विषय माध्यमिक तहमा थपेको छ  ।

त्यस्तै प्राथमिक तहमा सूचना प्रविधिबारे विधार्थीहरुलाई ज्ञान हासिल गराउन कम्प्युटर प्रोग्रामिंग देखि प्रोग्रमिंगका लागि आवश्यक पर्ने लजिकल थिन्किंग र अल्गोरिदमहरुको पढाई थालिने भएको छ ।

शिक्षा मन्त्रालयले नयाँ विषयहरुको पढाई प्राथमिक तहमा २०२० देखि, निम्न माध्यमिक तहमा २०२१ देखि र उच्च माध्यमिक तहका लागि २०२२ मा लागु हुने गरि योजना बनाएको जनाएको छ ।

अगष्ट महिनाको अन्त्य सम्ममा शिक्षा मन्त्रालयको समितिले यस बारेका सबै कार्ययोजनाहरुलाई अन्तिम रुप दिने जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?