जापानको माथिल्लो सदन प्रमुखमा चुईचि निर्वाचित

chuichiजापान । जापानको असाधारण संसदीय डाईट बैठक सत्र सोमवार देखि सुरु भएको छ । पछिल्लो महिनाको माथिल्लो सदनमा भएको निर्वाचनमा निर्वाचित नयाँ सदस्यहरुलाई स्वागत गर्दै सदनको नयाँ बैठक सत्र सुरु भएको हो ।

जापानका राजा अकिहितोको विशेष उपस्थितिमा सो बैठक सत्र सुरु भएको हो । लिवरल डेमोक्रेटिक पार्टीका भूतपूर्व महासचिव चुईचि डेट विहान भएको बैठक सत्रमा  माथिल्लो सदनको प्रमुखमा निर्वाचित भएका छन् ।

त्यस्तै गरि माथिल्लो सदनका भूतपूर्व प्रमुख अकिरा गुन्जी सहायक प्रमुखमा चुनिएका छन् । तीन दिने बैठक सत्रले जुलाई १० मा भएको निर्वाचनमा उठाईएका मुद्दाहरुको बारेमा थप बहस सेप्टेम्बरमा सम्पन्न हुने असाधारण बैठकसम्म लम्बाउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?