इतिहासमै पहिलो पटक टोकियोको गभर्नरमा कोईकी विजयी

टोकियो ।टोकियोमा गभर्नरमा पूर्व रक्षामन्त्री समेत रहेकी युरिको कोईकी विजयी भएकी छिन् । उनको जित संगै ६४ वर्षिय कोईकी टोकियोको प्रथम महिला गभर्नरमा चुनिएकी हुन्।

गभर्नरको निर्वाचनमा कोईकीले आफ्नो निकटम प्रतिद्वन्द्वी ६४ वर्षीय हिरोया मासुदा, ७६ वर्षीय सुन्तारो टोरिगोएलाई पराजित गरेकी हुन्। koike

पराजित मासुदा जापान सरकारका पूर्व अन्तर्राष्ट्रिय सम्बन्ध तथा प्रचारप्रसार विभाग मन्त्री हुन् भने सुन्तारो जापानका चर्चित पत्रकार हुन्।

यस अघि टोकियो गभर्नरबाट युची मासुजोए आर्थिक चलखेलको आरोपमा बर्खास्त भएका थिए।

गभर्नरमा निर्वाचित कोईकी कैरो विश्वविद्यालयबाट स्नाकोत्तर उतिर्ण हुन् भने सन् १९९२ मा माथिल्लो सदनको आयुक्तमा निर्वाचित व्यक्ति हुन्। सन् १९९३ मा उनी सदनको प्रतिनिधिको रुपमा चुनिएकी थिईन् भने तल्लो सदनमा उनी आठौ पटक सम्म निर्वाचित भएकी थिईन्।

कोईकी सिन्जु आवे नेतृत्वको लिवरल डेमोक्रेटिक पार्टीकी सदस्य पनि हुन् तर उनले पार्टीको सिफारिस विना नै गभर्नर पदको निर्वाचनमा भाग लिएकी थिईन् ।  लिवरल डेमोक्रेटिक पार्टीले भने मासुदालाई गभर्नर पदको लागि समर्थन गरेको थियो।

टोकियोको नयाँ गभर्नरमा निर्वाचित कोईकी तत्काल ब्राजिलमा समापन हुने ओलम्पिक र प्याराओलम्पिक खेलको कार्यक्रममा सहभागी हुनेछिन् ।

सन् २०२० मा टोकियोमा आयोजना हुने ओलम्पिक खेलका लागि  कोईकीले रियो द जेनिरियोका  मेयरबाट ओलम्पिक र प्याराओलम्पिकको झण्डा  ग्रहण गर्नेछिन् ।

टोकियोको नयाँ गभर्नरमा निर्वाचित भएसंगै  जापानमा आयोजना हुने ओलम्पिक खेल आयोजना प्रमुखको जिम्मा कोईकीको काँधमा आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?