जापानमा आतंकवादी हमला हुने कुनै सम्भावना नरहेको प्रहरीको दावी

टोकियो । जापानको राष्ट्रिय प्रहरी परिषदले जवसम्म जापानी नागरिक इन्टरनेटमार्फत  इस्लामिक स्टेटको सम्बन्धमा आउदैनन त्यतिबेलासम्म जापानमा आतंकारी हमला हुने सम्भावना न्युन रहेको बताएको छ ।

सन्  २०१६ मा टोकियोमा हुदै गरेको ओलम्पिक खेलको अवसरमा जापानमा आतंककारी द्वारा हुनसक्ने सम्भावित आक्रमणको विरुद्ध बलियो नियम बनाइने एनपिएले २०१६ को लागि श्वेतपत्र जारि गरेको छ ।japan-police

 गत वर्ष सिरीयामा इस्लामिक स्टेटद्धारा दूई जापानी अस्थाई बन्धि मारिए पश्चात आतंकबाद विरुद्ध बलियो कदम उठाइएको एनपिएले बताएको छ ।

 सन २००१ को सेप्टेम्बर ११ मा संयुक्त राज्य अमेरिकामा भएको आतंकवादी हमला पछि विश्वमा आतंकवादी गतिविधि थप बढ्न थालेका हुन् ।

 विश्वभर आतांकवादी क्रियाकलाप बढाउदै आएको इस्लामिक स्टेट तथा अन्य  प्रमुख इस्लामिक समुहरु नक्शा फोटो मार्फत आतंकबादको योजाना बनाउने गरेको एक अध्यनले देखाएको छ ।

सन २०१३ को जनवरीमा अल्जेरियामा भएको बन्दि संकटमा दश जापानी नागरिकको हत्या भएको थियो । यस तथ्याङ्कले जापानीजहरु सदैब अपहरण तथा  आतंकारीको निशानमा रहने डर रहेको देखिएको छ ।

जापानी प्रहरीले गत जुनमा अन्तराष्ट्रिय आतंकवाद विरुद्ध विभिन्न उपायहरु तयार पार्ने तथा विभिन्न तथ्यांकहरुले विश्लेषण  गरेको थियो ।

जापानमा अप्रिलदेखि  अनुगमनको लागि तथा आतंकवादी गिरोहहरुको अनुसन्धान र विश्लेषणको लागि एनपिएको स्थापना गरिएको हो । एनपिए आतंकवादी  क्रियाकलापको नियन्त्रणको लागि जापान सरकारले तयार गरेको उपाय मध्ये एक मानिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?