जापानको टोकियोमा नयाँ गर्भनरका लागि मतदान

Tokyo Governerटोकियो । जापानको टोकियोका मतदातहरुले नयाँ गर्भनरका लागि मतदान गरेका छन् ।

आर्थिक घोटालाको आरोपपछि पूर्व गर्भनर योइची मासुजोएले अघिल्लो महिना राजीनामा दिएपछि टोकियोमा नयाँ गर्भनर छान्न लागिएको हो । टोकियोलाई नेतृत्व प्रदान गर्नका लागि २१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

प्रारम्भिक मत सर्वेक्षणअनुसार पूर्व रक्षामन्त्री युरिको कोइके, राजनीतिज्ञ हिरोया मासुदा र पत्रकार शान्तारो टोरिगोएबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

निर्वाचनमा विजयी हुनेले सन् २०२० मा टोकियोमा हुने ओलम्पिकको तयारी गर्नुपर्नेछ ।

यसैगरी टोकियोका नयाँ गर्भनरले अगष्ट महिनामा ब्राजिलको रियो दि जेनेरियोमा हुने ओलम्पिक समापन समारोहमा सहभागी भई आगामी संस्करणको आयोजनाका लागि ओलम्पिक झण्डा ग्रहण गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?