जापानी प्रधानमन्त्री आवेले अगष्ट ३ मा मन्त्रिपरिषद विस्तार गर्ने

जापान । जापानी सरकारका उच्च प्रवक्ताले शुक्रवार प्रधानमन्त्री सिन्जु आवे नेतृत्वको सरकारले  अगष्ट ३ मा मन्त्रिपरिषद विस्तार गर्ने भएको छ ।

आवेको आर्थिक नीति लागु गराउन थप सहज होस् भन्नका लागि मन्त्रिपरिषद विस्तार गरिन लागेको अधिकारीहरुले बताएका छन्  ।

जापानी सरकारका चिफ क्याविनेट सेक्रेटरी योशिहिदी सुगाले पत्रकार सम्मेलन गर्दै सरकारको क्याविनेटले आर्थिक राहत प्याकेज स्वीकृत गर्नेछ ।

उनले जापानको नोकरी बजार विस्तारै सुदृढ हुँदै गरेको र मन्त्रिपरिषद विस्तारसंगै आर्थिक समृद्दी हासिल हुँदै जाने बताएका छन् ।

आवे नेतृत्वको सरकारले केहि दिन अघि १३.५ ट्रिलीयन येनको आर्थिक प्याकेज घोषणा गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?