नेपाल फेष्टिवलमा नेवारी भेषभुषाको प्रदर्शनी सहित लाखे नाच देखाईने

image

टोकियो । गैरआवासीय नेपाली संघ जापानको आयोजनामा अगष्ट ६ र ७ गते योयोगी पार्कमा हुन गईरहेको नेपाल फेष्टिवलमा नेवारी समुदायले आफ्नो कला भेषभुषा र सस्कृति झल्किने लाखे नाच सहितको वाजागाजा प्रदर्शन गर्ने भएको छ ।

वर्ल्ड नेवा :अर्गनाईजेशन जापानको व्यवस्थापनमा नेवारी कला सस्कृति झल्कने कार्यक्रमलाई प्रभावकारी बनाउन जापानमा रहेका नेवार समुदायलाई सक्रिय सहभागिताका लागि संयोजक इन्दिरा सुजुकी राजभण्डारीले आवहान गरेकी छिन् ।

लाखे तथा झ्यालिंचा नाच, नेवार भेषभुषा र गहनाहरु, नेवारी नृत्यका सामानहरु, धिमे बाजा, खिं बाजा, भुस्या लगायत सामानहरु अर्गनाईजेशनकी प्रतिनिधि सविता श्रेष्ठले नेपालका बिभिन्न स्थानवाट संकलन गरि जापान ल्याउने तयारी गरेका छन् ।

जापानमा रहेका नेपालीहरुले नेवारी कला झल्कने प्रस्तुती देखाउन इच्छुकहरुलाई [email protected] मा सम्पर्क गर्न अर्गनाईजेशनले अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?