जापानी प्रधानमन्त्री आवे द्वारा २६६ विलियन डलरको आर्थिक प्याकेज प्रस्तुत

abeजापान । जापान सरकारले बुधवार २६६ विलियन अमेरिकी डलरको आर्थिक प्रोत्साहन प्याकेज घोषणा गरेको छ । फुकुवोकामा आयोजित एक कार्यक्रममा जापनी प्रधानमन्त्री सिन्जु आवेले आर्थिक प्याकेज घोषणा गरेका हुन् ।

आवेले त्यस मध्यबाट १३ ट्रिलीयन जापानी येन सरकारको वित्तीय प्रणाली अन्तर्गत खर्च गरिने बताएका छन् । आर्थिक प्याकेजमा रहेका अन्य महत्वपूर्ण विषयहरुका बारेमा क्याविनेटमा अनुमोदन गर्नु अघि छलफल गरिने जनाईएको छ ।

आवेले पेश गरेको आर्थिक प्याकेज पहिले नै १० देखि ३० ट्रिलीयन येन सम्मको हुने आंकलन गरिएको थियो । पछिल्लो महिना बेलायत युरोपियन युनियन संग छुट्टिएपछि जापानमा व्यापार घाटा देखिन सक्ने जनाईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?