गैरे सेवा समाज जापानले तीज धमाका गर्ने

gaireटोकियो । जापानमा विभिन्न सामाजिक क्रियाकलापमा आफ्नो स्थापनाकालदेखि नै क्रियाशील रहँदै आएको गैरे सेवा समाज जापानले तीज धमाका २०१६ आयोजना गर्ने भएको छ ।

हिन्दू नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा समाजले जापानको ओसाकास्थित तोयोनाकामा अगस्ट ३० तारिख मंगलबार तीज धमाका कार्यक्रम आयोजना गर्ने भएको हो ।

तीज धमाकामा यसपटक नेपाली सांगीतिक क्षेत्रका बहुचर्चित गायक पशुपति शर्मा, सम्झना लामिछाने मगरलगायतका कलाकारलाई आमन्त्रण गरिएको समाजले जनाएको छ ।Teej Dhamaka_ Gaire sewa samaj

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?