गल्कोट समाज जापानको चौथो अधिवेशन अगष्ट २४ मा

galkotटोकियो । समाज सेवामा अग्रसर हुँदै आएको गल्कोट समाज, जापानको चौथो महाधिवेशन अगष्ट महिनाको २४ तारिकमा हुने भएको छ ।

समाजको अधिबेशन टोकियोको तोसिमा कु हिगासी इकेबुकुरो १-२०-१५ सेइकाचु सानगोउ प्लाजामा आयोजना गरिने भएको हो ।

नेपालमा भूकम्प जाँदा होस् या कुनै विपत्ति पर्दा तथा कुनै पनि सामाजिक सेवामा अग्रणी भूमिका खेलेको गल्कोट समाजले अगष्ट २४ मा चौथो कार्यकालको लागि नयाँ कार्यसमिति चुन्न लागेको हो । अधिवेशनमा उपस्थितिको लागि गल्कोट बासिन्दा तथा जापानमा रहेका सम्पूर्ण नेपालीहरुलाई गल्कोट समाज जापानले अनुरोध गरेको छ ।

अधिवेशन हुने स्थान, मिति र समय

 स्थान :तोसिमा कु हिगासी ईकेबुकुरो १-२०-१५ सेईकाचु सान्ग्योउ प्लाजा  तेस्रो तल्ला

समय: दिउसो १ बजे देखी

मिति: अगष्ट २४, २०१६

कार्यक्रम हुने हलको सम्पर्क नम्बर : 03 5992 7011

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?