जापान । जापानको क्युसुमा मंगलवार विहान साकुराजिमा भन्ने ज्वालामुखी विष्फोट भएको छ । सो ज्वालामुखी विष्फोट हुँदा त्यसको लाभा ५००० मिटर सम्म माथि आकाशमा पुगेको जापानको मापन केन्द्रले जनाएको छ ।
https://youtu.be/Rks7pb0iXBM
सन् २०१३ अगष्टमा कागोशिमाको तल्लो भेगमा भएको ज्वालामुखी विष्फोटन पछीको यो खतरनाक ज्वालामुखी विष्फोटन भएको जनाईएको छ ।
एजेन्सीले साकुराजिमा ज्वालामुखीको अलर्ट लेभल ३ राखेको थियो जसले ज्वालामुखीको लेभल ५ पुग्नु भन्दा अगाडीनै मानिसहरुलाई सचेत गराउने गर्छ ।