क्वान्टामा पाहुनाको रुपमा विदेशी भूकम्प पीडित बालबालिका

 

टोकियो । जापान सरकारले भूकम्प पीडितहरुका लागि टोकियोमा बनाएको आवास क्षेत्रमा विदेशी परिवारका नागरिकहरु पनि सहभागी हुने भएका छन् ।kanto-family

सो आवासीय क्षेत्र जुलाई ३१ बाट सुरु हुने भएको छ । सन २०११को भुकम्पका कारण तहसनहस भएका जापानको उत्तरपुर्वका क्षेत्रका बसोबास गरेका परिवारका बालबालिकाको लागि यो अवसर ल्याइएको हो । आमाबुबा मध्येएक मात्र भएको बालबालिकाले होमस्टेमा रहन पाउने भएका छन् ।

जापानका मुनाफा रहित महिलाहरुको पहलमा सुरु भएको संस्थाले शुलभ रुपमा ल्याइएको र यस प्याकेजको प्रमुख उदेश्य  आमाबुबा काममा जादा  घरमा एक्लै लामो समय बिताउने बालबालिकाहरुको हेरविचार गर्नु हो ।

टोकियो तथा छिमेकि प्रान्त क्वान्टोका दश परिवारमा आधारित यस संस्थाले  प्राथमिक विद्यालयका चोथो ग्रेडदेखि उच्च माविका सिनियर तहका बाबालिकाहरुलाई क्रस सांस्कृतिक अनुभव तथा एक हप्तासम्म अंग्रजी सिक्न पाउने व्यवस्था बताइएको छ ।

यस समुहका प्रतिनिधि राई नेजीमीले यस संस्थालले  पुर्ण समर्थनका  साथ यस संस्थामा विदेशि पाहुनाको संख्या वृद्धि गर्ने बताएका छन । आफुले एकल परिवारका सदस्यलाई सक्दो सहयोग गर्ने उनले बताएका छन । उनले यस संस्थाका पाहुनाको रुपमा क्यानडा अमेरिका तथा जिम्वावे देखि बालबालिका  आउने बताईएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?