आवे नेतृत्व सरकार, आणविक ऊर्जा र व्यापारी लवीहरुको धारणा

जापान।जापान सरकारले प्रयोग गरिरहेको आणविक ऊर्जा योजना नचाहँदै नचाहँदै सरकारले तय गरेको फुकुसिमा लेभलमा पुग्न लागिरहेको छ ।  विश्वको तेस्रो अर्थतन्त्र मानिएको नवीकरणीय उर्जालाई कसरि अघि बढाउने भन्ने बारेमा गम्भीर हुनुपर्ने माथिल्लो व्यापारमा लागेका उच्च स्तरीय अधिकारीहरुले बताएका छन् ।guard

जापानी प्रधानमन्त्री सिन्जु आवेको ईनर्जी पोलिसी अन्तर्गत सन् २०३० सम्म पाँचौ इनर्जी जेनरेशन निर्यात गर्ने जनाईएको छ ।

तर जापान एशोसियसन अफ करपोरेट समितिका उप प्रमुख तेरु असादाले जापानले त्यो योजना पूर्ण रुपमा पुग्ने भन्दा पनि त्यसको नजिक भने पुग्ने बताएका छन् ।

सन् २०११ मा फुकुशिमा भएको प्रलय पछी नवीकरणीय उर्जाबारे भईरहेका विवादलाई समाधान गरियोस भन्नका लागि व्यापारिक लवीले टोकियोमा एउटा प्रस्ताव गरेको छ ।shinju-abe

जनताको आलोचना, सुझाव तथा कानुनि चुनौतीहरूले गर्दा व्यापारका तरिकाहरु परिवर्तन हुँदै गईरहेका छन् ।

“हामीलाई यतिवेला यो ज्ञान आउनुपर्छ कि यदि हामीले नवीकरणीय उर्जाको उत्पादनलाई अघि बढाउन सकिएन भने जापान संसारमा हँसी मजाकको रुपमा लिईनेछ “, असादाले बताएका छन् । असादा ट्रेडिङ हाउस मारुबेनी कर्पोरेसनका प्रमुख हुन् ।

विदेशबाट आयात गरिएको जैविक उर्जामा भर परेको जापानको सरकार र ठुला व्यापारी घरानियाहरुले न्युक्लियर इनर्जीको प्रयोग र उत्पादनमा जोड दिएका छन् ।

जापानको सरकारले सन् २०३० सम्ममा न्युक्लिएर इनर्जीको मद्दतले २० देखि २२ प्रतिशत जलविद्युत निर्यात गर्न सक्ने बताएको छ ।

जबकी यसभन्दा अघि ३० प्रतिशत निर्यात फुकुशिमाले गरिसकेको छ । सन् २०१६ को मार्च महिनामा १४.३ प्रतिशत नवीकरणीय उर्जा निर्यात गरिएको थियो जबकी जापान सरकारले २०३० सम्ममा २२ देखि २४ प्रतिशत सम्म निर्यात गर्ने भएको छ ।

“ धेरै लामो समयमा भए पनि हामीले न्युक्लिएरमा हुने परनिर्भरतालाई हटाउनु पर्ने हुन्छ र अहिलेको प्रगतिले न्युक्लिएर इनर्जी १० प्रतिशत पनि पुग्न सक्दैन । “, असादाले बताए ।

प्रभावित व्यावसाय लवीका सदस्यहरुमा ९५० कम्पनीका १४०० कार्यकारीहरु रहेका छन् ।

एशोसियसनले पेश गरेको प्रोपोजल बारेमा कुरा उठाउँदा जापानको उद्योग मन्त्रालयले सरकारले न्युक्लिएर इनर्जीको बारेमा लिएको उदेश्य पुरा गर्ने बाटो तर्फ अघि बढिरहेको बताएको छ ।

“जापान सरकारले उल्लेखनीय मात्रामा नवीकरणीय उर्जा उत्पादन गर्नेमा जोड दिएको छ तर त्यसका लागि चाहिने लागत मूल्य बारे भने सरकार गम्भीर रहेको छ” इनर्जी पोलिसीका डेपुटी डाईरेक्टर योही ओगीनोले बताए ।

जापानले पछिल्ला दिनहरुमा नवीकरणीय उर्जा उत्पादनलाई बढावा दिईरहेको छ तर धेरै लगानी भने सौर्य उर्जामा नै गरिरहेको छ ।

नवीकरणीय उर्जा उत्पादनका स्रोतहरु बारे धेरै जनामा फरक मत रहेको आसदाले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?