जापानमा ७५ वर्षीया आमाको हत्या आरोपमा छोरा पक्राउ

killटोकियो । जापानमा आफ्नै आमाको हत्या आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको छ ।

आफ्नी ७५ वर्षीया आमाको हत्या आरोपमा ४४ वर्षीय एक पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आमाको हत्या पश्चात उनले राति १० बजे प्रहरीलाई फोन गरि जानकारी गराएका थिए । उनले आफ्नी आमा क्याजुको हत्या गरेको तीन घण्टा पछि प्रहरीलाई फोन गरेका थिए ।

हत्या आरोपी ती व्यक्ति आमा र ४६ वर्षकी दिदीसँग बस्दै आएका थिए । आफ्नी दिदी घरमा नभएको समयमा उनले आफ्नी आमाको टाउकोमा धारिलो हतियार प्रहार गरेका थिए ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी आमाको अस्पताल लैजानेवित्तिकै मृत्यु भएको थियो । हत्याको कारण खुल्न नसकेपनि उनले आफूले गरेको कार्यप्रंति कुुनै पश्चाताप नभएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?