प्रहरीले चलाएको कारको ठक्करबाट एकको मृत्यु

japanटोकियो । जापानको गिफु क्षेत्रमा आपतकालीन फोन पश्चात घटनास्थल पुग्नको लागि चलाइएको प्रहरीको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

जापानका गोडो सडकमा भएको दुर्घटनामा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

प्रहरीको गाडि ३१ वर्षीय शिन्जी माट्सुनोले चलाएका थिए । यस दुर्घटनामा परि शिगो हिराटा नाम गरेका ५८ वर्षीय एक व्यक्तिको मृत्यु भएको हो ।

प्रहरीले चलाएको गाडी प्रतिघण्टा ३० किलोमिटर गतिमा गुडेको थियो । दुर्घटना हुँदा प्रहरीले गाडीमा साइरन नभएको तर रातो बत्ती बलेको बताएको छ ।

दुर्घटना पश्चात प्रहरी अधिकारीले चालकको लापरबाहीका कारण दुर्घटना भएको हुन सक्ने बारे अनुसन्धान गरिरहेको जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?