दश करोड वर्ष पुरानो पृथ्वीको धड्कन कुमामोतो क्षेत्रमा धड्किरहेको छ

kumamotuकुमामोतो।जापानको कुमामोतो क्षेत्र पर्यटनको लागि चर्चित क्षेत्र हो । कुमामोतोको क्षेत्रमा पर्ने आमाकुसा शहर जुन सुन्दर निलो सागरमा फैलिको ८३ वटा साना र ठूला द्विप सागरहरुमा फैलिएको छ ।

त्यो क्षेत्र पर्यटकहरुका लागि विशेष क्षेत्र पनि हो ।  त्यस क्षेत्रमा डल्फिन, लोप भैसकेका डायनोसोरका जिवाश्म र उच्च स्तरका पुराना पत्थरहरु पनि देख्न पाईन्छन् । दस करोड वर्ष पहिले गोशोउरामा डायानोसरहरु बस्ने गर्दथे ।gosuwara

यो गोशोउरा द्विप हो । यो पृथ्वीको दश करोड पुराना पदार्थहरु पनि यो क्षेत्रमा देख्न सकिन्छ । यस क्षेत्रलाई जापानी भाषामा हाकुआकि-नो-काबे भनिन्छ ।

daenosar-teeth

गोशोउरा खटीमय संग्रहालयमा प्रदशनका लागि राखिएको यो मांसहारी डायनोसरको दांत हो । जसलाई हाकुआकी-नो-काबे क्षेत्रमा नै फेला पारिएको थियो  ।

gione-bridge

यो आमाकुसा शिमोशिमाको का गिओन पुल हो।  यो पुल  चार करोड़ वर्ष पहिले जम्मा भएर बनेको विशेष ढुंगाबाट बनाईएको हो ।

loudspeaker

यो ढुंगा र माटो बाट बनाईएको लाउडस्पीकर हो । यसमा मिस्त्री र कुमालेको कला एकै पटक देख्न सकिन्छ ।

 

आमाकुसाको पश्चिम सागरमा डल्फिनहरु पाईन्छन् । यहाँ का समुद्रको सतह धेरै नै उबड-खाबड रहेको छ ।यस सागरमा डल्फिनका लागि चाहिने आहारा प्रशस्त मात्रामा पाईन्छन् । त्यसकारण पनि यहाँ धेरै मात्रामा डल्फिनहरु देखिन्छन् ।

dolphin

आमाकुसा क्षेत्रमा जानको लागि टोकियोको हानेदा भन्ने विमानस्थलबाट फुकुओका हुँदै जानुपर्ने हुन्छ। आमाकुसाको विमानस्थलमा पुगिसकेपछि त्यहाँ बाट ट्याक्सी अथवा नियमित बसहरु मार्फत करिव एक घण्टामा गोशोउरा पुग्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?