टिभी पत्रकार तथा पूर्व विधायक क्योसेन ओहासिको मृत्यु

टोकियो । जापानका टेलिभिजन कार्यक्रम ११ पिएम तथा क्विच डर्बीका संयोजक तथा पूर्व विधायक क्योसेन आहासिको ८२ वर्षको उमेरमा मृत्यु भएको छ । श्वासप्रश्वास सम्बन्धि समस्या  भएका उनको जुलाई २० मा मृत्यु भएको हो । Kyosen Ohashi

टोकियोको र्योगोकु जिल्लामा जन्मिएका उनको वास्तविक नाम क्याटसुमि ओहाचि हो । उनल २०१६ अप्रिलमा टिभी व्यक्तित्वको रुपमा प्रवेश गरेका थिए । उनी  मध्य  राति प्रशारण  हुने कार्यक्रम ११ पिएमको होस्टको रुपमा कार्यरत थिए । उनी यस कार्यक्रम मार्फत निकै प्रख्यात भएका थिए ।

त्यस पश्चात उनले क्योसेन माइटेक गेवा गेवा ९० पुन, सेकाई मारुगोटो हाउमच तथा क्विच डर्वे जस्ता  कार्यक्रमहरु चलाउने गदर्थे उनी घोडा दौडको टिप्पणीकारको रुपमा समेत परिचित छन् ।

सन १९८५ मा उनि ११पिएमको होस्टको पदबाट वरखास्त भएका थिए । उनले सन १९९०मा ५६ वर्षको उमेरमा सेमि रिटायरमेन्टको घोषणा गरेका थिए । उनी विषेशत क्यानडा अस्ट्रेलिया तथा न्युजिल्याण्डमा बस्ने गर्दथे ।

सन २००१मा ओहासी जापानको प्रजातान्त्रीक पार्टीको उमेदवारको रुपमा उठेका थिए । तर उनि निर्वाचनमा  राजनितिक विवादका कारण नेतृत्वकर्ता युइको हाटोयामासंग को प्रतिस्पर्धामा उनि पराजित भए । सन २००५मा पेटको क्यान्सरको शिकार बनेका उनको २०१३मा पेटको अपरेशन गरिएको थियो ।

लेखन कार्यलाई आफ्नो जिवनको अन्तिम समयसम्म निरन्तरता दिएका उनको अन्तिम लेख जुन २७ मा जापानको साप्ताहिक म्यागजिन गेनदइमा प्रकाशित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?