टोकियो गभर्नर पदका प्रत्याशीहरुको पृष्ठभूमि

जापान ।जुलाई ३१ मा हुने टोकियो  गभर्नरको चुनावका लागि २१ जना उमेद्वारहरु जापानको अर्थतन्त्रको नेतृत्व लिन निर्वाचनमा भाग लिंदैछन् ।governer-background

गभर्नरका लागि लोकप्रिय मतको प्रवित्ति बढ्दै गईरहेको छ । जनतामा परिचित गभर्नरका दावेदारहरुले राम्रो मत प्राप्त गर्ने आशा समेत गर्न थालिएको छ ।

गभर्नरको लागि पहिलो निर्वाचन १९४७ मा सम्पन्न भएको थियो भने पछिल्लो पटक भएको निर्वाचन भने विसौं हो ।

दोस्रो विश्व युद्द पछी जापानमा ३३ प्रधानमन्त्री बनिसकेका छन् । तर त्यो अवधिभित्र टोकियोमा ८ गभर्नरले आफ्नो सफल कार्यकाल पुरा गरिसकेका छन ।

अब बन्ने नयाँ गभर्नर नवौं हुनेछन्  । पछिल्ला दिनहरुमा लगातार ३ गभर्नरहरुले राजिनामा दिएका थिए । आर्थिक र राजनैतिक विवादका कारण नाओकी इनोस र युची मसुजोएले गभर्नर पदबाट राजिनामा दिएका थिए ।

राजिनामा दिएका तीन गभर्नरहरु भन्दा अघि सबै गभर्नरहरुले आफ्नो सफल कार्यकाल पुरा गरेका थिए । युकियो आशिमाले ४ वर्ष गभर्नरको पदमा रहेर जनताको सेवा गरेका थिए जबकी शुनिची सुजुकी ४ पटक गरेर १६ वर्ष सम्म गभर्नरको रुपमा काम गरेका थिए ।

मिडियाका जोखिम

टोकियोमा मात्र ११ मिलियन योग्य मतदाताहरु रहेका छन् ।  टोकियोको गभर्नरमा हुने निर्वाचनमा जापानको कुल जनसंख्याकै १० प्रतिशत मानिसहरु यो निर्वाचनमा भाग लिंदैछन् ।

त्यस संख्याको आधा मतदाताहरु कुनै पनि पार्टीसंग आवद्द छैनन् । त्यसैले गभर्नरको निर्वाचनमा कसले जित्छ निर्वाचनको अन्तिम मत परिणाम आएपछि मात्र थाहा हुने विश्लेषकहरुले बताएका छन् ।

टोकियोको पाँचौ गभर्नरको रुपमा लोकप्रिय मत सहित ओशिमा निर्वाचित भएका थिए । ओशिमा गभर्नर पदको निर्वाचनमा सफल हुनुमा उनको टेलिभिजन र रेडियोमा स्थापित लेखकको भूमिका हो र उनलाई ‘इजिवारु बासन’ पात्रको रुपमा चिन्नथे ।

शिन्तारो इशिहारा, इनोसे र मासुजोए पनि प्राय मिडियामा देखिन्थे र उनीहरु आम जनतामा परिचित पात्र हरु हुन् ।अशिम, इशिहारा र मासुजोए पूर्व डाईट मेम्बरहरु थिए भने इशिहारा र मासुहोएले सरकारी मन्त्रीको रुपमा पहिले काम गरिसकेका छन् ।

गभर्नर पदका उमेद्वारहरुको पृष्ठभूमिलाई हेर्ने हो भने ७६ वर्षिय शुन्तारो टोरिगोए र ६४ वर्षीय युरिको कोइके दुवै जना उच्च घरानिया र सम्पन्नशालि व्यक्तित्वहरु हुन् ।

जसले ब्रोडकाष्टिङ उद्योगमा कामको अनुभव बटुलिसकेका छन् । कोईकेले वातावरण र रक्षा मन्त्रीको रुपमा काम गरिसकेका छन् भने ६४ वर्षीय हिरोया मासुदा आन्तरिक सूचना तथा प्रचारप्रसारको रुपमा काम गरिसकेका छन् ।

यदि टोकियोको गभर्नरको निर्वाचनमा कोईकेले जिते भने उनी पहिलो पटक महिला गभर्नरको भूमिकामा देखिनेछिन् । त्यस्तै मासुदाले जिते भने कर्मचारी संयन्त्रमा काम गरिसकेका सुजुकी पछिका अर्का गभर्नर हुनेछन्  । त्यस्तै ७६ वर्षीय टोरिगोए निर्वाचित भए सबैभन्दा वृद्द गभर्नरको रुपमा टोकियोले उसलाई पाउनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?