धुर्मुस-सुन्तली फाउन्डेसनलाई बलेवा सेवा समाज जापानको सहयोग

Sahayogसेबक पिसी, टोकियो । स्थापनाकालदेखि नै सामाजिक सेवामा निरन्तर क्रियाशील बाग्लुङ बलेवा सेवा समाज जापानले ख्याति प्राप्त कलाकारहरु धुर्मुस–सुन्तली फाउन्डेसनलाई १ लाख ५२ हजार सहयोग संकलन गरी पठाएको छ ।

एकीकृत गिरान्चौर बस्ती निर्माणका लागि समाजले धुर्मुस–सुन्तली फाउण्डेसनलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।

संस्थाका उपाध्यक्ष राजु केसीले धुर्मुस सुन्तलीले नमुना बस्तीको अवधारणा अन्तरगत दोस्रो पटक गरिरहेको गिरान्चौर एकीकृत बस्ती निर्माण स्थलमा खटिरहेका ख्याति प्राप्त हाँस्य कलाकार सिताराम कट्टेल धुर्मुसलाई प्रत्यक्ष भेटेर रकम हस्तान्तरण गरेका हुन् ।

२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भुकम्प पश्चात भूकम्प पीडितका लागि धुर्मुस सुन्तली फाउन्डेसन घर निर्माण कार्यमा सक्रिय रहँदै आएको छ ।

अभियानलाई सहयोग गर्ने सम्पूर्णलाई बलेवा सेवा समाज जापानले धन्यवाद ज्ञापन गर्नुका साथै धुर्मुस सुन्तली फाउन्डेसनको तर्फबाट बलेवा सेवा समाज जापान र संस्थाको अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?