दुर्घटनामा दुईको मृत्यु, दुई जना घाइते

टोकियो । जापानको कागोसिमामा भएको कार दुर्घघटनामा दुई किशोरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

कारमा १६ देखि १७ वर्ष उमेरका तीन जना किशोर र एक किशोरी रहेको प्रहरीले जनाएको छ ।

कार चालकको अनुमति पत्र समेत नभएको पाइएको प्रहरीको भनाई छ । कारले अर्को सवारी साधनलाई ओभरटेक गर्ने क्रममा दुर्घटनामा परेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?