टोकियोमा कामता गाईज ग्रुपको डिजे पार्टी सम्पन्न

टोकियो।जापानमा दिईने गर्मी बिदा(नाचु यासुमी) को अवसर पारेर नेपालीहरुको उल्लेख्य बसोबास रहेको टोकियोको कामतामा डिजे पार्टी सम्पन्न भएको छ ।
कामतामा युवाहरुको कामता गाईज ग्रुपको आयोजनामा जुलाई १७ तारिख आईतवार साँझदेखि सोमवार विहानसम्म डिजे पार्टी सम्पन्न भएको हो ।dije-party (1)

गाईज ग्रुपको आयोजनामा भएको डि जे पार्टीमा संस्थाका युवाहरुले डिजे सर्रुन र कामताको लोकल ब्यान्डले गीत गाएर मनोरञ्जन प्रदान गरेको थियो ।dije-party (2)
कामाता र टोकियो लगायत अन्य शहरहरुबाट डिजे पार्टीमा सहभागी भएर मनोरन्जन लिने अनि आफ्ना खुसि दुख साटासाट गर्ने सबै सहभागीहरुलाई कामता गाईजका प्रतिनिधि राम थापाले धन्यवाद दिएका छन् ।

सैयौंको संख्यामा सहभागी रहेको सो डिजे पार्टीमा सहभागी भएका सम्पूर्ण नेपाली दाजुभाई दिदि बहिनीहरुलाई आयोजकले धन्यवाद दिंदै आगामी दिनमा हुने त्यस्ता कार्यक्रममा सहभागीता जनाउन समेत अनुरोध गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?