तपाईलाई थाहा छ जापानबारे यी १५ रोचक तथ्य

japanटोकियो । संसारका मेहनती मानिसको देशको रुपमा परिचित जापान थुप्रै टापुहरु मिलेर बनेको छ । दोस्रो विश्वयुद्धमा विश्वकै शक्तिशाली राष्ट्र अमेरिकासँग युद्धभूमिमा पछि नहटेको जापान वास्तवमा नै विश्वको उत्कृष्ट र शत्तिशाली राष्ट्र समेत हो ।

१.जापान विश्वमा सबैभन्दा बढी भू्कम्प जाने राष्ट्र हो । यहाँ वर्षमा साना–ठूला गरि औसतमा करिब १५ सय वटा र दैनिक चार वटा भूकम्प भूकम्प जाने गर्दछ ।

२. जापानमा मुस्लिम धर्मावलम्बीहरुको पनि उल्लेख्य बसोबास रहेको छ । तर मुुस्लिमलाई आफ्नो देशको नागरिकता नदिने जापान विश्वको एक मात्र राष्ट्र हो । जहाँ मुसलमानलाई भाडामा कोठा दिन समेत इन्कार गरिन्छ । जापानका कुनै पनि विश्वविद्यालयमा अरबी तथा इस्लामी भाषाको अध्यापन गराइदैन भने यहाँ इस्लामिक धर्मग्रन्थ कुरान लैजान पनि कठिन छ ।

३.जापानी नागरिकलाई मन पर्ने जनावरमध्ये कुकुर पनि एक हो । यहाँका नागरिकहरुले आफ्नो कुकुरलाई घुमाउन लैजाने समयमा एउटा विशेष झोलामा लगिन्छ जसमा कुकुरको मल संकलित गरिन्छ ।

४.जापानलाई विश्वकै औसत उमेर बढि भएका मानिसको बस्ती समेत भनिन्छ । यहाँका मानिसको औसत उमेर ८२ वर्ष हो । यहाँ १०० वर्ष भन्दा बढि उमेर भएका मानिसको संख्या ५० हजार बढि छ ।

५.सुमो जापानको लोकप्रिय खेल हो । यसको अलवा जापानमा बेसबल पनि बढि खेलिने खेलको रुपमा लिइन्छ ।

६.विश्वमा सबैभन्दा बढि साक्षरता प्रतिशत भएको राष्ट्रमध्ये जापान शीर्ष स्थानमा नै पर्छ । यहाँ सतप्रतिशत जनता साक्षर छन् ।

७. जापानका अखबार तथा रेडियो टिभीमा दुर्घटना, मसाल, राजनीतिक वादविवाद तथा फिल्मी समाचारले भन्दा आधुनिक जानकारी दिने खालका समाचारले प्राथमिकता पाउँछन् ।

८. जापानमा जनवरी १ मा मन्दिरमा १०८ घण्टि बजाएर नयाँ वर्षको स्वागत गरिन्छ ।
९.जापानीहरुले समयलाई अत्यन्तै ख्याल गर्छन । अत्याधिक परीश्रमी जनता रहेको जापानमा सवारी साधनको समयपनि निश्चित हुन्छ ।

१०.जापान चौतर्फी रुपमा समुद्रबाट घेरिएको मुलुक हो । तर २७ प्रतिशत माछा विदेशबाट आयात गरिन्छ ।

११.जापानमा कालो बिरालोलाई भाग्यशाली जनावरको रुपमा लिने गरिन्छ ।

१२.जापानमा ७० प्रकारका फ्यान्टा पाइन्छन् ।

१३.जापानमा भएका प्रायः सडकहरुलाई नाम दिइएको हुँदैन । जस्तो नेपालमा सडकैपिच्छे नाम राखिएको हुन्छ ।

१४.जापानी नागरिकहरुले माफी माग्नु परेमा २० भन्दा बढि तरिका प्रयोग गर्ने गर्दछन ।

१५.जापान विश्वकै परमाणु आक्रमण गरिएको एकमात्रै राष्ट्र हो । अमेरिकाले दोस्रो विश्वयुद्धका क्रममा सन् १९४५ अगष्ट ६ र ९ मा जापानको हिरोसिमा र नागासाकीमा लिटल ब्वाई र फ्याट म्यान नामका दुई परमाणु बम खसालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?