जापानको कान्तो क्षेत्रमा पुनः ५ म्याग्निच्युडको भूकम्प

earthquakeटोकियो । जापानको कान्तो क्षेत्रलाई केन्द्रविन्दु बनाएर पुनः ५ म्याग्निच्युडको भूकम्प गएको छ ।

बुधबार बिहान ७ बजेर २५ मिनेटमा ५० किलोमिटर मुनी केन्द्रविन्दु बनाएर भूकम्प गएको जापान भौगर्भिक विभागले जनाएको छ । यो पछिल्ला चार दिनमा गएको तेस्रो ठूलो भूकम्प हो ।

यसअघि आइतबार चिवा क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो भने मंगलबार मात्रै कान्तो क्षेत्रलाई केन्द्रविन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

दक्षिण इबाराकी क्षेत्रलाई केन्द्र बनाएर गएको यो भूकम्पपछि सुनामी आउने खतरा भने तत्काल नदेखिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?