पानी सम्बन्धी दुर्घटनामा परि जापानमा १० नागरिकको मृत्यु

टोकियो । जापानमा एक साताको अन्तसम्ममा पानी सम्बन्धी दुर्घटनामा परि दश नागरिकको मृत्यु भएको छ । उक्त दुर्घटनामा परि एक नागरिक गम्भिर घाइते भएका छन् ।

घाइते भएका मध्ये ४६ वर्षका एक नागरिकलाई  करेन्ट लागेको थियो । उनलाई उद्धार गर्ने प्रयास  गरेका उनका  नाति पनि जापानको कोची शहरको नदिमा खसेका थिए ।japan

त्यस्तै गरि डुङ्गामा माछा मारिरहेका माइ क्षेत्रका ७६ वर्षिय वृद्धको समुद्रमा डुबेर मृत्यु भएको छ । समुद्रमा माछा पार्ने क्रममा डुङ्गाबाट चिप्लिएर घाइते भएका मोट्सु स्थित गिफु क्षेत्रका ७३ वर्षिय वृद्धको उपचारको क्रममा मृत्यु भएको हो ।

 त्यस्तै आफ्नो साथी संग नदिमा खेलिरहेका इनो स्थित कोची क्षेत्रका २० वर्षिय एक युवक पानीमा हराएको तीन घण्टा पश्चात  मृत फेला परेका थिए ।

 नदीमा खेलिरेको अवस्थामा एक्कासि पानीमा डुब्दा  घाइते भएकी वाकायामा क्षेत्रकी एक स्कुले बालिकाको उपचारको क्रममा मृत्यु भएको छ ।

सामान्य हेलचेक्र्याइँका कारण जापानमा पानी दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्दै गएको स्थानीय प्रहरीले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?