टोकियो । जापानमा हिन्दू देवी देवताको समेत पूजा गरिन्छ भन्ने कुरा धेरै कम मानिसहरुलाई मात्रै थाहा होला । जापानमा केही हिन्दू देवी देवताको जस्तै ब्रम्हा, गणेश, गरुड, वायु, वरुण आदिको पूजा हालसम्म पनि हुन गर्छ ।
नेपालीहरुको ठूलो जनसंख्या रहेको जापानमा नेपाली अार्य सभ्यताका केही झलकहरु पाइन्छन् । सरस्वतीका केही मन्दिर जापानमा देख्न पाइन्छ भने जापानका प्राचीन घरमा संस्कृतिको पाण्डुलिपी पाइन्छ ।
जापानको राजधानी टोकियोमा पाँचौ शताब्दीको सिद्धम स्किृप्ट आज पनि देख्न सकिन्छ । यसलाई गाकोकुजी भनिन्छ । यस्तै जापानी भाषामा संस्कृत भाषाको समेत प्रभाव रहेको छ ।
जापानीको एक दूध कम्पनीको नाम सुजाता रहेको छ । यही नाम गरेकी युवतीले बुद्धले महापरिनिर्वाण गर्नुअघि बुद्धलाई खीर खुवाएको विश्वास गरिन्छ ।