एशियाली देशहरुका लागि एडिवीले आर्थिक वृद्दीदर घटायो

एजेन्सी । सोमबार एशियन डेभेलपमेन्ट बैंक (एडीबी)ले एशिया र प्यासिफिक क्षेत्रका लागि तोकेको आर्थिक वृद्दीलाई सन् २०१६ का लागि कटौती गरेको घोषणा गरेको छ ।adb

एडिविले पहिले ५.७ प्रतिशत कटौती गर्ने भनेको भए पनि अहिले ५.६ प्रतिशत मात्र कटौती गरेको हो । मनिलामा आधारित ऋणदाताको रिपोर्ट अनुसार एडिविले सन् २०१७ का लागि घोषणा गरेको आर्थिक वृद्दीदर ५.७ प्रतिशत नै रहने बताएको छ ।

“ ब्रेक्सिटमा खसेको मतले एशियाका विकासशिल देशहरुको मुद्रा र शेयर बजारमा प्रभाव पारेको छ जसका कारण छोटो समयका लागि भए पनि वास्तविक अर्थतन्त्रलाई त्यसले प्रभाव पार्नेछ। “, एडिवीका प्रमुख अर्थशास्त्री शांग जिन उईले बताए ।

त्यस्तै क्रममा संसारको दोस्रो ठुलो अर्थतन्त्र भएको चीनले आफुले तय गरेको आर्थिक वृद्दीदर हासिल गर्न सफल भएको बताईएको छ ।
चीनले सन् २०१६ मा ६.५ र सन् २०१७ मा ६.३ प्रतिशतको आर्थिक वृद्दीदर हासिल गर्ने बाटो तर्फ अगाडी बढिरहेको बताईएको छ ।

पूर्वी एशियाको लागि सन् २०१६ र सन् २०१७ का लागि घोषणा गरिएको आर्थिक वृद्दीदर यथावत रहेको र त्यसलाई हासिल गर्न सुक्ष्म तरिकाले हंगकंग र दक्षिण कोरियाले काम गरिरहेको लागिरहेको रिपोर्टमा बताईएको छ ।

त्यस्तै ब्रिस्कको सहयोगमा भारतले यो वर्षका लागि घोषणा गरेको ७.४ प्रतिशत आर्थिक वृद्दीदर र अर्को वर्षका लागि घोषणा गरेको ७.८ प्रतिशतको आर्थिक वृद्दीदर हासिल गर्ने उदेश्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?