जेट विमानको टायर पंचर भएपछि टोकियोमा आकस्मिक अवतरण

haneda_airport_article_main_imageटोकियो । जापानको टोकियो स्थित हानेदा विमानस्थलमा एउटा जेट विमान टायर पंचर भएपछि आकस्मिक अवतरण गरिएको छ ।

हावाइयान एयरलाईन्सको जेट एयरबस ए ३३० मा समस्या आएको संकेतपछि आकस्मिक अवतरण गरिएको हो । उक्त विमानमा २९३ जना यात्रु तथा चालक दलका सदस्य रहेका थिए ।

विमानस्थलका रनवेमा नै उक्त विमान टायर पंचर भएर अड्किएपछि केही आन्तरिक उडानहरु रद्द गरिनुका साथै केही अन्यत्रै पठाइएको थियो । तर अन्तर्राष्ट्रिय उडानहरु भने प्रभावित नरहेको हानेदा विमानस्थलका अधिकारीहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?