उत्तर कोरियाबाट फरार भएका व्यक्ति जापानको यामगुचीमा फेला परे

जापान । उत्तर कोरियाबाट फरार भएको भनिएका एक व्यक्ति शनिवार जापानको यामगुची क्षेत्रमा फेला परेका छन् । उनी उत्तर कोरियाको पानी जाहज बाट हामफालेर त्यस क्षेत्रमा पुगेको प्रहरीले जनाएको छ ।

यामागुची क्षेत्रमा फेला परेका त्यस व्यक्तिलाई जापानी प्रहरीहरुले सोधपुछ गरेका थिए । जापानी प्रहरीले ती व्यक्तिलाई अध्यागमन विभागमा बुझाउने भनेको छ ।mediaitem

अध्यागमन विभागले त्यो व्यक्तिको बारेमा थप अनुसन्धान गरि उनको आफ्नै देशमा फिर्ता पठाउन सक्ने जानकारी दिएको छ ।

सन् २०११ मा नौ जना उत्तर कोरियाली नागरिकहरुलाई समुन्द्रमा ५ दिन विताएको भन्दै जापानको कोष्टगार्डबाट गिरफ्तार गरिएको थियो । उनीहरु त्यसपछि दक्षिण कोरियामा बस्न गएका थिए ।

सन् १९५० को कोरियन युद्दको अन्त्य तिर पेनिनसुला भन्ने क्षेत्र विभाजित भएपछी २९ हजार भन्दा बढी उत्तर कोरियालीहरुले देश छोड्न बाध्य भएका थिए । त्यस मध्य धेरै चीन तर्फ गएका थिए ।

उत्तर कोरियाको सेनाका उच्च अधिकारी जसले गुप्तचरका गतिविधिहरु बुझेका छन् । दक्षिण कोरियाका अधिकारीले भनेका छन् त्यस्ता उच्च प्रकारका गुप्तचरका गतिविधिहरु विरलै हुने गरेको बताएका छन्  ।

उत्तर कोरियाका कुनै पनि नागरिक सहयोगका लागि दक्षिण कोरियामा गए पनि उसले नयाँ जीवन सुरुवात गर्नका लागि विभिन्न उपचारका प्याकेजहरु प्राप्त गर्न सक्ने जनाईएको छ । त्यसमध्य धेरैलाई त्यसरी बस्न अफ्ठ्यारो पर्न सक्ने बताईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?