जापान।जापानमा रहेका नेपालीहरुलाई घरमा पैसा पठाउन सजिलो होस् भन्नका लागि संचालन गरिएको जापान मनि एक्सप्रेस कम्पनी लिमिटेडले छैठौ वर्षमा प्रवेश गरेको अवसरमा डोमेस्टिक रेमिटेन्स सेवा र बहुउदेश्यीय सहकारी संस्था पनि सुचारु गरेको छ ।
त्यहि अवसरमा जापान मनि एक्सप्रेसले नयाँ कार्यालय शिनओकुबोमा सारेको छ ।

विदेशमा रहेका नेपालीहरुको रेमिटेन्स स्वदेशमा भित्राउन सहज होस् भनेर जापान मनि एक्प्रेसले “हामीबाटै पठाउँ, हामीबाटै पाउँ “ भन्ने नारा दिएर पछिल्ला ५ वर्ष देखि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।
नेपाल राष्ट्र बैंक र जापान सरकारको मान्यता प्राप्त गरेको जापान मणि एक्सप्रेसले नेपालका विभिन्न बैंकहरु संग सहकार्य गर्दै देशभरी पाँच हजार एजेन्टहरु मार्फत विशेष सेवा प्रदान गर्दै आईरहेको छ ।
सो मनि एक्सप्रेस मार्फत नै धेरै सुविधा प्रदान गरियोस भन्ने उदेश्यले हवाई टिकट, नेट फोन, लाइभ टिभी च्यानलहरुको सुविधा पनि सुचारु गरेको छ ।
साथै आवश्यकता अनुसार भविष्यमा थप सुविधाहरु थप्दै जाने जापान मनि एक्सप्रेसले जानकारी दिएको छ । जापानको शिनओकुबोमा नयाँ कार्यलय स्थापना संगै मनि एक्सप्रेसले विभिन्न उपहार योजनाहरु घोषणा गरेको छ ।
जापान मनि एक्सप्रेसले घोषणा गरेका नयाँ सुविधाहरु यस्ता छन् ।
- पैसा पठाउदा विशेष सहुलियत लिन पाइने ।
- नेपाली रेष्टुरेन्टमा खानपिन गर्दा सहुलियत प्राप्त गर्न सकिने ।
- हलाल फूड तथा ग्रोसरी शपमा किनमेल गर्दा सहुलियत प्राप्त हुने ।
- नेपाल वा अन्य मुलुकको हवाई टिकटमा सहुलियत प्राप्त हुने ।
- एनआईटिभीले(NITV) सेवा प्रदान गर्दै आएको इन्टरनेट डेटा प्याकेजको सुविधा, मोबाईल फोन र लाईभ टिभी च्यानल लगायतका सुविधाहरु प्राप्त हुने ।