टर्कीमा रहेका सबै जापानी नागरिक सकुशल, स्थिति सामान्य नहुँदा सम्म निवासमै बस्न जापान सरकारको आग्रह

जापान। टर्कीमा सैन्य बलको एक समूहले सत्ता कब्जाको प्रयास गर्ने १०४ जना मारिएका छन् भने उच्च सैनिक अफिसरसहित २ हजार ८ सय बढी सैनिक पक्राउ परिसकेका छन्  ।
shinju-abe

कु को प्रयास लगत्तै टर्कीको राजधानी अंकारामा रातभर गोलाबरी समेत भएको थियो । यस क्रममा सैन्य कूको प्रयासमा संलग्न बाहेक ९० जनाको मृत्यु भएको छ भने ११५४ जना घाइते भएका छन् ।

जापानी प्रधानमन्त्री सिन्जु आवेले टर्कीमा भएको असफल विद्रोह र दमनमा जापानीहरुको हालखबर र सुरक्षा व्यवस्था बुझ्न आफ्ना क्याविनेट सेक्रेटरी योसिहिडे सुगालाई आदेश दिएका छन् ।Turkey1

एशिया युरोप शिखर सम्मेलनमा जाने क्रममा मंगोलियाको राजधानी उलान बाटोरमा संक्षिप्त प्रतिक्रिया दिंदै जापानी प्रधानमन्त्रीले टर्कीको घटनाले आफुलाई चिन्तित बनाएको बताएका थिए ।

“हामी टर्की फेरी सामन्य अवस्थामा फर्किने कुरामा दृढ छौ र टर्कीका जनतामा फेरी शान्ति र सद्भाव फैलिने विश्वास राखेका छौं “, आवेले भने ।

टर्कीमा भएको असफल कु मा अहिले सम्म जापानका नागरिकहरु नपरेको सुगाले बताएका छन् । जापानी सरकारले प्रधानमन्त्री आवेको कार्यालयमा त्यो सूचना संकलन गर्नको लागि विशेष कार्यदल खटाएको थियो ।

जापानको परराष्ट्र मन्त्रालयले टर्कीमा रहेका जापानीहरुलाई स्थिति सामान्य नभएसम्म घरभित्र नै बस्न आग्रह गरेको छ । टर्कीको आंकारामा रहेको जापानी दुतावासले त्यहाँ रहेका जापानी नागरिक र पर्यटकहरुलाई मेल लेखेर स्थिति सामान्य नभईन्जेल धैर्य गरेर बस्न भनेको छ ।

टर्कीका गरेको सत्ता कब्जाको प्रयास असफल भएको छ । प्रधानमन्त्री बाइनलाई इलदिरिमका अनुसार अहिलेसम्म उच्च सैनिक अधिकारीसहित २८३८ सैनिक पक्राउ परेका छन् ।

राष्ट्रपति रेचप तैयब एर्दोआन छुट्टी मनाउन गएको बेला सैन्य कूको प्रयास भएको थियो । छुट्टी मनाउन गएका उनी देश फर्किएका छन् र यसलाई देशद्रोहको संज्ञा दिएका छन् ।

सेनाको एक समूहले राष्ट्रिय टेलिभिजनमार्फत सत्ता कब्जाको घोषणा गर्नुका साथै कफ्र्यू लगाएको थियो । सेनाका बख्तरबन्ध गाडीहरु सडकमा आएको थियो ।

टर्कीका राष्ट्रपति एर्दोआनाले लोकतन्त्रका लागि सडकमा आउन जनतालाई अपील गरे पछी  हजारौं जनता सडकमा उत्रिएर सैन्य कूको प्रयास असफल बनाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?