सडक दुर्घटनामा दुई जापानी नागरिकको मृत्यु

 

car-accidentजापान। जापानको ह्योगो क्षेत्रस्थित ह्यानसिन राजमार्गमा विहिबार विहान भएको सडक दुर्घटनामा परि दुई जापानी नागरिकको मृत्यु भएको छ ।

विहान नौ बजे ह्यासिन राजमार्गको  ट्राफिक जाममा  दुई कार आपसमा ठोक्किएका थिए । सो दुर्घटनामा क्षतिग्रस्त दुई कारका ३६ वर्षिय  र ४४ वर्षिय चालकको  मृत्यु भएको प्रहरिले जनाएको छ ।

दुई कारका विचमा एक आपसमा झडप हुँदा  रोकिराखेको ट्रकमा सामान्य क्षति पुगेको थियो । जसका कारण ६१ वर्षिय ट्रक चालकलाई सामान्य चोट लागेको प्रहरिले बताएको छ ।

ट्रक चालकको सामन्य उपचार पछि प्रहरीले घटना बारे चालकसंग सोधपुछ गरेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?