जेनिथ रेमिटको कारोबार नागोयाबाट सुरु

image

टोकियो । स्पिड मनी ट्रान्सफर (जेनिथ रेमिट) ले जापानको नागोयाबाट आफ्नो कारोबार सुरु गरेको छ ।

सन् २०१२ देखि जापानबाट नेपालमा पैसा पठाउनका लागि भरपर्दो माध्यमका रुपमा काम गर्दै आएको स्पिड मनी ट्रान्सफर (जेनिथ रेमिट) ले आफ्नो सेवा विस्तारका क्रममा नगोयाबाट समेत आफ्नो कारोबार सुरु गरेको हो ।

बिहीबार साँझ मुगल प्यालेस रेष्टुरेन्ट चुरुमाएमा एक औचारिक कार्यक्रमको अायोजना गरी जेनिथ रेमिटले आफ्नो सेवा सुभारम्भ भएको जानकारी गराएको हो ।

जेनिथ रेमिटका निर्देशक शान्त खत्रीको सभापतित्वमा भएको कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तराष्ट्रिय समन्वय परिषद (आईसीसी) सदस्य तथा पूर्व एनआरएनए जापानका अध्यक्ष पारस मणि पोखरेल प्रमुख अतिथी रहेका थिए ।

image

नागोयामा नेपालीहरुको बढ्दो नेपालीहरुको संख्यालाई मध्य नजर गर्दै जेनिथ रेमिटले आफ्नो शाखा विस्तार गरेको निर्देशक तथा मार्केटिङ म्यानेजर नविन निउरेले जानकारी दिए ।

जेनिथ रेमिटका निर्देशक तथा मार्केटिङ म्यानेजर नविन निउरेले सञ्चालन गरेको कार्यक्रमको विशेष अतिथिमा जेनिथ रेमिटका निर्देशक दिलु खत्री, अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानका अध्यक्ष विष्णुप्रसाद घिमिरे, एनआरएनए जापानका सल्लाहकार डिपी कंडेल, एनआरएनए जापानका सल्लाहकार दिलाराम खरेल, नागोयाका व्यवसायी नरवहादुर थापा, गल्कोट समाज जापानका कोषाध्यक्ष दिपक केसी, गल्कोट समाज नागोयाका रमेश गौतम, एनआरएनए नागोया क्षेत्रीय समितीका अध्यक्ष रामु खरेल लगायतको समेत सहभागिता थियो ।

image

कार्यक्रममा एनआरएनए एसिया प्यासिफिक उपसंयोजक गोविन्द श्रेष्ठ (रोविन्द्र) को समेत विशेष उपस्थिति रहेको थियो । जेनिथ रेमिटका निर्देशकहरु शान्त खत्री, दिलु खत्री र नविन निउरे रहेका छन् । जेनिथ रेमिटको नागोया शाखा प्रमुखमा सागर ढकाल रहेका छन् ।

image

image

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?