यौन दुर्व्यवहारको आरोपमा जापानमा एक नेपाली गिरफ्तार

japan-nepali-arrestedटोकियो । जापानमा एक नेपाली यौन दुर्व्यवहारको आरोपमा गिरफ्तार भएका छन्।

टोकियोको कोतोकुमा रहेको एउटा नेपाली रेष्टुरेन्टमा काम गरिरहेका ४६ वर्षीय हरिकृष्ण पोख्रेललाई रेष्टुरेन्टमा खाना खान आएकी युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा जापान प्रहरीले गिरफ्तार गरेको हो ।

जापानको समाचार एजेन्सी टिभीएसले रेष्टुरेन्टमा खाना खान आएकी २० वर्षीय युवतीलाई पोख्रेलले यौन दुर्व्यवहार गरि घाईते समेत बनाएको आरोप लगाएको छ।

पोख्रेललाई लागेको आरोप

हरिकृष्ण पोख्रेल रेष्टुरेन्टमा काम गरिरहेका थिए। नेपाली रेष्टुरेन्टमा खाना खान जापानी नागरिक उल्लेख्य रुपमा नै आउने गर्छन् ।
दैनिक अफिस बाट घर फर्किने क्रममा एक छिन भएपनि आराम गर्न जापानी तथा नेपालीहरु पनि नेपाली रेष्टुरेन्ट धाउँछन्।
रात ढल्दै गएपछि रेष्टुरेन्टमा खाना खान आउने ग्राहकहरु पनि घट्दै जाने नै भए । त्यस्तै क्रममा रेष्टुरेन्टमा खान खान आएका सबै ग्राहक फर्किसकेका थिए तर रेष्टुरेन्टको कुनामा एक जना जापानी युवती एक्लै खाना खाईरहेकी थिईन्।

उनी एक्लै भएको अवसरमा पोख्रेलले युवती माथि त्यस्तो क्रियाकलाप गर्ने दुस्साहस गरेको उनीमाथि आरोप लागेको छ ।

यौन दुर्व्यवहारनै गरेको आरोप लागे पनि पोख्रेलले भने युवतीलाई आफुले अँगालो मात्र हालेको बताएका छन्

प्रहरीको अनुसन्धान कहाँ सम्म पुग्यो ?

रेष्टुरेन्टमा एक्लै भएको अवस्थामा पोख्रेलले जापानी युवतीलाई यौन दुर्व्यवहार गरेको आरोप बारे थप अनुसन्धान थालेको छ।

प्रहरीको अनुसन्धानमा पिडित युवतीको आधिकारिक भनाई सार्वजनिक गरिएको छैन।

प्रहरीले पिडित युवती बाहेक ग्राहकहरु रेष्टुरेन्टमा नभए पनि रेष्टुरेन्टमा काम गर्ने अन्य कामदारहरु संग घटनाको सत्यतथ्य बुझ्न सोधपुछ थालेको छ।

प्रहरीले थप अनुसन्धान गरि यो घटनाको यथार्थ छिट्टै सार्वजनिक गर्ने बताएको छ।

छानविन र सोधपुछका लागि आरोपी पोख्रेललाई जापानी प्रहरीले थुनामा अहिले सम्म पनि थुनामा राखिएको जनाईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?