जनसम्पर्क समिति, कान्तोको अधिवेशन जुन २६ मा

japan-kanto-janasamparka-samitiजापान।जापानमा नेपाली कांग्रेस समर्थित जनसम्पर्क समितिको कान्तो क्षेत्रको अधिवेशन जुन २६ तारिकमा हुने भएको छ । समितिका कान्तो क्षेत्रका उपाध्यक्ष डालफ राज गिरिको अध्यक्षतामा ६ जुनमा बसेको कार्यसमितिको बैठकले अधिवेशन मिति तोकेको हो ।

अधिवेशनलाई भव्य तरिकाले सम्पन्न गर्न समितिका सचिव टिकाराम खरेलको संयोजकत्वमा ६ सदस्यीय आयोजक समिति र उपसमितिहरु गठन गरिएको छ ।

त्यस्तै जनसम्पर्क समितिले  पीताम्बर चापांगाई ‘ पदमपाणी’ को संयोजकत्वमा रामकृष्ण बम मल्ल र राम जंग कार्कीको नेतृत्वमा निर्वाचन समितिको समेत गठन गरेको छ ।

निर्वाचनमा भाग लिनको लागि समितिमा आवद्द सबैलाई न्युनतम दस्तुर तिरी सदस्यता नविकरण गर्न जनसम्पर्क समिति कान्तोले आग्रह समेत गरेको छ ।

समितिले सदस्यता वितरणको लागि जुन २० देखि २६ सम्मका लागि समय छुट्टाएको छ।

त्यस्तै उक्त समय भन्दा ढिलो आउने सदस्यहरुलाई समितिले निर्वाचनमा सहभागीताको मान्यता नदिने निर्वाचन संयोजक चापांगाईले बताएका छन् ।

अधिवेशनमा सहभागी भएर जनसम्पर्क समितिका लागि कुशल नेतृत्वलाई निर्वाचित गराउन सम्पूर्ण जापानवासी नेपालीहरुलाई कान्तो कमिटीले आग्रह गरेको छ ।

अधिवेशन सम्पन्न हुने मिति, समय र स्थान 

मिती: २०१६/६/२६ गते आईतवार

समय : दिउँसो १२:०० बजे देखि ५ बजे सम्म

स्थान: नेपाली मुरा हल (सोलमारी) सिनओकुबो स्टेशन नजिक

ठेगाना: 169-0073Sinzuku Hyakuninchyo 2-20-23, 2F Tokyo 東京都新宿区百人町2-20-23

एक्सेस: जे.आर यामानोते सेन सिन ओकुबो स्टेशन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?