जापान। जापानको गुन्मा केनमा रहेको नेपाली साझा समाजले उपचार सहयोगार्थ ओखलढुङगा निवासी भीमा कुमारी श्रेष्ठलाई ६६,००० येन सहयोग गरेको छ।
जापानमा विद्यार्थी भिसामा पढ्न आएकी भीमा कुमारी श्रेष्ठ मुटु सम्बन्धी गम्भीर प्रकृतिको रोगबाट पीडित भए पछि उपचारको लागि विभिन्न संचार माध्यम र सामाजिक संजालहरुमा सहयोगको अपिल गरिएको थियो ।
श्रेष्ठको स्वास्थ्य उपचार तत्काल गर्नु परेको खबर पाए लगत्तै समाजका अध्यक्ष वुद्दी सेरचनले समाजका सदस्यहरु संग सल्लाह गरि समाजको कोषबाट ३०००० र थप ३६०००० येन कार्यसमिति र सल्लाहकार समितिबाट भीमा कुमारीको बैंक खातामा पठाएका हुन् ।

समाजको सहयोग रकम प्राप्त भए लगत्तै श्रेष्ठले समाज प्रति आभार व्यक्त गरेकी छिन् ।
भीमालाई सहयोग गर्ने सम्पूर्ण सहयोग दाताहरुको नामावली समाजको आधिकारिक फेसबुक पेज बाट सार्वजनिक गरिने समाजका अध्यक्षले बताएका छन् ।