राजदूत सहितको नेपाली स्वयंमसेवक टोली कुमामोतो प्रस्थान

|

volunteer-Nepal-Japanटोकियो । भूकम्प प्रभावित जापानको कुमोमोतोमा सहयोग गर्न नेपाली टोली त्यस तर्फ प्रस्थान गरेको छ । युवा व्यवसायी प्रल्हादसिंह महतको नेतृत्वमा १० जनाको टोली भूकम्प प्रभावित वस्तिमा सेवा गर्न आज त्यस तर्फ गएको हो ।

आज साँझ कुमामोतो पुग्ने टोलिले स्थानिय उद्दार टोली तथा संघ संस्थासँगको सहकार्यमा भूकम्पमा भत्केका संरचना हटाउने, सरसफाई, योग अभ्यास लगायतको सेवा गर्ने जनाएको छ ।

गत अप्रिल १६ तारिखमा गएको ७.३ रेक्टर स्केलको शक्तिशालि भूकम्प पछि कुमामोतो क्षेत्रका हजारौं जापानी अझैपनि विभिन्न आश्रय स्थलहरुमा बस्दै आएका छन् ।

भूकम्पले भत्काएका संरचना हटाउन अझै महिनौं लाग्ने तथा सरसफाईको कमी भएका कारण नेपाली टोलीले सो क्षेत्रमा सरसफाई सहितको सहयोग गर्न खोजेको महतको भनाई रहेको छ ।

टोलिमा जापानका लागि कार्यवाहक नेपाली राजदूत गहेन्द्रराज राजभण्डारी, एनआरएन जापान अध्यक्ष सुदन थापा, एनआरएन जापान सल्लाहकार जिज्ञान कुमार थापा, एनआरएनका सचिव बुद्धीराज घिमिरे, नेत्र ज्ञवाली, केशव थापा, विइ फर अलका अध्यक्ष सरोजकुमार खत्री र योग गुरु नेत्र ज्ञवाली रहेको बताईएको छ ।

स्वयंसेवक टोली प्रमुख रहनुभएका महतका अनुसार क्षेत्रबाट आउने स्वयंसेवकहरु हिजोनै सो क्षेत्रमा पुगेको र टोकीयोबाट जाने टोली आज प्रस्थान गर्न लागेको जनाईएको छ ।

नेपाली स्वयंमसेवक टोलीले आज बेलुकैबाट काम थाल्ने र भोली र पर्सी खटिएर कुमामोतो भूकम्प प्रभावित बस्ती पुगेर सेवा गरिने टोली प्रमुखले बताए । यसअघि भूकम्प लगत्तै गैर आवसिय नेपाली संघ जापानको नेतृत्वमा नेपाली टोलीले सो क्षेत्रमा पुगेर नेपाली खाना सहितको सेवा पुर्याएको थियो ।