जापानमा कृषि विशेषज्ञ र वैज्ञानिकहरुको उपस्थितिमा वृहत अन्तरक्रिया हुँदै

agriculture-japanटोकियो।जापानको राजधानी टोकियोमा “जापानको कृषि क्षेत्रमा नेपालीहरूको सम्भावना,यहाँको कृषिपद्धति र प्रबिधिलाई नेपाल सँग कसरी जोड्ने” विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने भएको छ ।

आउँदो जुन १९ तारिखमा आइतबार टोकीयो को शिनओकुबोमा अवस्थित सोलमारी रेस्टूरेण्टको “नेपाली गाउँ” हलमा सो अन्तरक्रिया कार्यक्रम आयोजना गरिने भएको हो।

कृषि जन्य बस्तु र खाद्यान्न प्रदर्शनीको समेत आयोजना गरिएको कार्यक्रममा जापानका उत्कृष्ट कृषि तथा खाद्यान्न बिज्ञहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ।

सो कार्यक्रम नेपाली नागरिकको लगानीमा स्थापित लुम्बिनी ग्रुप अन्तर्गत रहेको Eco-Heart कम्पनीले आयोजना गर्न लागेको हो।

जापानी कृषि विज्ञ,जापान फर्टीलाईजरका मल विज्ञका साथै होक्काईदो रामेन कम्पनीका प्रबन्ध निर्देशक लगायत विशिष्ट व्यक्तिहरूको कार्यक्रममा सहभागिता रहने जनाईएको  छ ।

जापान सरकार बाट ब्यावसायिक कृषिका लागी अनुमति प्राप्त गरि लुम्बिनी ग्रुपले जापानको होक्काईदो स्टेटमा १२ हेक्टर जमिनमा आधुनिक खेती गरिरहेको छ ।

जापनमा पनि लुम्विनी ग्रुप व्यावसायिक कृषि क्षेत्रमा छोटो समयमै स्थापित भएको कम्पनीको रुपमा चिनिने गरिन्छ ।

कम्पनीका प्रबन्ध निर्देशक बिष्णु गिरी भन्छन् , “हामिले आयोजना गर्ने कृषि प्रदर्शनीले जापानबासी नेपाली रेस्टूरेण्ट ब्यवसायीलाई प्रत्यक्ष फाइदा पुग्नेमा हामी ढुक्क छौं “, ।

जापानको कृषि क्षेत्रमा नेपाली लगानीको सुनिश्चितता र नेपालको कृषि क्षेत्रको विकासलाई अन्तरक्रिया कार्यक्रमले प्रवासीहरूले गर्न सक्ने योगदानलाई प्रष्ट पार्ने आयोजकको दावी रहेको छ ।

कार्यक्रममा लुम्बिनी ग्रुप अन्तर्गत रहेको Eco-Heart कम्पनि द्वारा उत्पादित कृषिजन्य बस्तुहरुको जानकारी तथा यसको प्रयोगबाट इन्डियन, नेपाली रेस्टुरेन्टहरुको ब्यबसायमा सुधार ल्याउन अवधारणा तयार गर्ने जमर्को समेत गरेको उनले बताएका छन्  ।

सो कार्यक्रममा सहभागिताको लागी कम्पनीले निम्न समय मिति  र स्थानमा सबैलाई अनुरोध गरेको छ ।

मिति:२०१६ जुन १९ तारिख आइतबार

स्थान:सोलमारी रेस्टूरेण्टको,मुरा हल,शिनओकुबो

समय:दिउँसो ठीक २:०० बजे

सम्पर्क :नारायण रिमाल(कार्यक्रम संयोजक)०९०-८०७७-३६२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?