नेसाजको १७ औं कार्यसमितिको निर्वाचन तालिका सार्वजनिक

nesaj-japanजापान।नेपाली विद्यार्थी समाज जापान (नेसाज) को मे महिनामा गठन भएको नयाँ कार्यसमितिले  निर्वाचन तालिका सार्वजनिक गरेको छ ।

मे १८-२१ तारिकमा सम्पन्न भएको साधारण सभाले  डा. वेद प्रसाद काफ्लेको संयोजकत्वमा ५ सदस्यिय निर्वाचन समिति गठन गरेको थियो।

निर्वाचन तालिका अनुसार नेसाजको १७ औं कार्यसमितिमा सभापतिमा १, उपसभापतिमा २, सचिवमा १, सहसचिवमा १, कोषाध्यक्षमा १ र ७ जना सदस्यहरु निर्वाचित हुनेछन् । निर्वाचनमा मनोनयन दर्ताका लागि जुन ४ तारिक शनिबार दिउँसो २ बजे देखी जुन ६ तारिक सोमबार दिउँसो २ बजेसम्म समय छुट्टाईएको छ  ।

नेसाजको निर्वाचन कार्यक्रम भने जुन १० तारिक शुक्रबार विहान १० बजे देखी बेलुकी ५ बजेसम्म जारि हुनेछ।

निर्वाचनमा भाग लिनको लागि नेसाजको साधारण सदस्य भएको हुनुपर्नेछ भने ईलेक्ट्रोनिक सिस्टमबाट भोटिङ हुने भएकोले भोट गर्नको लागि ईमेल, नेसाज परिचय नम्बर र निर्वाचन समितिले उपलब्ध गराउने पासवर्ड आवश्यक पर्ने निर्वाचन आयोजक समितिले जनाएको छ।

निर्वाचनको नतिजा जुन १० तारिकमा शुक्रबार बेलुकी १० बजे सम्ममा प्रकाशित गरिने नेसाजले जनाएको छ ।

नेपाली विद्यार्थी समाज जापान (नेसाज) सन् १९९७ मा स्थापना भएको  नेपाली विद्यार्थीहरुको पुरानो संस्था मानिन्छ।

निर्वाचनको विस्तृत तालिका   नेसाजको वेभसाइट मा हेर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?