यस कारण नेपालीले हजारौ जापानीलाई नेपाल भ्रमणको निम्ता दिए

japan-nepal (3)

जापान। नेपाल-जापान सम्बन्धको ६० औं वर्ष गाँठको अवसरमा जापानमा रहेका नेपालीहरुले महाभूकम्प जाँदा जापानले नेपाललाई ठुलो सहयोग गरेको भन्दै  सामुहिक रुपमा भेला भएर धन्यवाद व्यक्त गरेका छन् ।

जापानका विभिन्न ५० वटा सहरहरुमा भेला भई महाभूकम्पमा ज्यान गुमाउने हजारौं नेपालीहरुको सम्झनामा एक मिनेट मौन धारण गरि नेपालीहरुले श्रदान्जली व्यक्त गरेका थिए ।

जापानका विभिन्न स्थानहरु  सिन्जुकु, शिबुया, इकेबुकुरो, कामाता, योकोहामा, इवाराकी, नागोया, सिजुओका, निगाता, सेन्दाई, ओसाका, गुन्मा, तोचिगी, फुकुओका, ओकिनावा, नागानोमा त्यो कार्यक्रम अपरान्ह ३ बजे देखि ४ बजे सम्म  आयोजना गरिएको थियो ।

japan-nepal (2)

जापानमा रहेका व्यावसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि, विधार्थी तथा शिक्षकहरु टोकियोको सुगीनामी वार्डको आसागायामा भेला भएर नेपाल भ्रमणका लागि सुरक्षित छ भन्दै जापानीहरुलाई नेपाल भ्रमण गर्न निमन्त्रणा पत्र समेत वितरण गरेका थिए ।

जापानको शिन्जुकुमा आयोजना गरिएको कार्यक्रममा जापानका लागि नेपाली राजदुत गेहेन्द्र भण्डारी, एशिया प्यासिफिक संयोजक किरणबिक्रम थापा,  एनआरएन आइसीसीका उपाध्यक्ष भवन भट्ट, एनआरएन जापानका अध्यक्ष सुदन थापा लगायतको उपस्थिति रहेको थियो ।

japan-nepal (1)

कार्यक्रममा संक्षिप्त मन्तव्य व्यक्त गर्दै राजदुत भण्डारीले महाभूकम्पका बेला जापानले नेपाललाई सहयोग गरेर धेरै ठुलो गुन लगाएको र आगामी दिनहरुमा पनि जापानबाट यस्तै सहयोगको अपेक्षा गरेको बताएका थिए ।

त्यस्तै राजदुत भण्डारीले नेपालको भ्रमण गरेर  अन्तराष्ट्रिय समुदायमा नेपाल भ्रमणको लागि योग्य र सुरक्षित छ भन्ने सन्देश दिन जापानीहरुलाई अनुरोध समेत गरेका थिए ।

महाभूकम्पमा दुई देशले एक अर्कालाई गरेको सहयोगको सम्झनामा आयोजित सो कार्यक्रम जापानी दूतावास, नेपाल पर्यटन बोर्ड र एनआरएन जापानले विशेष सहयोग र प्रायोजन गरेको थियो  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?