धुर्मुस सुन्तलीको नमुना वस्ती निर्माणका लागि वलेवा सेवा समाज जापानको सहयोग अभियान

imageटोकियो । सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक काममा अग्रसर बलेवा सेवा समाजimage जापानले बाग्लुङ्ग बलेवा अमलाचौर-७,स्थित श्री जगन्नाथ प्रा.बि.मा ‘एक लाख एक्काइस हजार एक सय एक्काइस’ रूपयाँको अक्षयकोष स्थापना गरेको छ ।

समाजका अध्यक्ष दिपेन्द्र के.सीको आतिथ्यमा बिद्यालयले गरेको एक कार्यक्रममा सो रकम हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रधानध्यापक बुद्दि प्रसाद चपाईं, ब्यबस्थापन समितिका अध्यक्ष लिलाधर शर्मा सहित बरिष्ठ समाजसेवीहरु चक्रपाणी आचार्य, भोजराज शर्मा, पदम पौडेलबाट बलेवा सेवा समाज जापानलाई धन्यबाद सहित संस्थाले गर्दै आएको परोपकारी कामको प्रशंसा गरिएको थियो ।

कार्यक्रममा समाजका अध्यक्ष दिपेन्द्र के.सी बोल्नु हुँदै समाजको बारेमा जानकारी गराउनुका साथै समाजका विविध समस्याहरुमा समाज सक्दो सहयोगका लागि सधैव तत्पर रहेको बताए ।

महाभूकम्प पश्चात घरबार बिहिनहरुका लागि चर्चित हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेको दम्पतीले धुर्मुस सुन्तली फाउन्डेसन मार्फत गर्दै आएको नमुना वस्ती निर्माण प्रक्रियामा सहयोग गर्ने उदेश्यले जापानमा समाजले आर्थिक सहयोग अभियान सुरु गरेको छ । यस अभियान मार्फत सहयोग पुर्याउन चाहनेहरुले बलेवा सेवा समाज जापानको पोस्टल अकाउन्टमा रकम पठाई सहयोग गर्न समेत अपिल गरेको छ ।

खाता नम्वर: 10240 – 2284 6981
खाताको नाम: バレワ セワ サマジュ ジャパン

दिपेन्द्र केसी: 090 1702 4049
सेबक पिसी (शर्मेंद्र): 080 9999 6657
महेन्द्र पिसी: 070 1420 2037
दिपक चपाईं: 080 3177 9423

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?