नागोयामा स्याङ्जा समाज जापानको क्षेत्रीय कमिटी गठन

syanja-samaj-japan (2)जापान। जापानको नागोयामा स्याङ्ग्जालीहरुको क्षेत्रीय कमिटी स्याङ्जा समाज नागोया गठन भएको छ । आफ्नो गाउँठाउँमा परेका समस्यालाई सवै मिली समाधान गरी  आपसी मेलमिलाप साथै भाइचारा बढोस भन्ने उद्धेश्यले गरिएको कार्यक्रममा उल्लेख्य उपस्थिती रहेको थियो ।

सभापतिचिरन्जीवी सिग्देल र समाजका अध्यक्ष जिवन न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा हिरा बहादुर गुरुङ्को अध्यक्षतामा २४ जना सदस्यहरुको कमिटी गठन भएको जनाईएको  छ ।

syanja-samaj-japan (1)

नयाँ कमिटि अनुसार अध्यक्षमा हिरा बहादुर गुरूङ, उपाध्यक्षमा भिमा देवी भण्डारी र जिवन गुरूङ् महासचिवमा निशान राना मगर, सचिवमा शाईमन विश्वकर्मा, कोषाध्यक्षमा सन्तोषी गुरुङ, सह-कोषाध्यक्षमा शिव बहादुर थापा रहेका छन् ।

त्यस्तै गरि कमिटिका सदस्यहरुमा क्रमश दिपक भुजेल, विक्रम थापा मगर (क) विक्रम थापा मगर (ख), सन्तोष गुरुङ, हुम ब.राना मगर, शदिष राना मगर,ममता गुरुङ, शोनी मगर, रेखा राना, पिङ्की राना, शोभा राना मगर, विक्रम थापा, विजय गुरुङ, गंगा थापा मगर, सगुन श्रेष्ठ रहेका छन् ।

त्यस्तै गरि कमिटीको सल्लाहकार समितिमा चिरन्जीवी सिग्देल, विकास राना मगर, श्याम राना मगर रहेका छन ।

महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा फुकुओका र नागोयामा सांस्कृतिक कार्यक्रम गरी आफ्नो गाउँठाउँका समस्यालाई विदेशबाटै भएपनि सहयोग गरिने सहभागीहरुले जनाएका छन् ।

सो कार्यक्रममा निशान रानाले उद्घोषण रहेको थियो भने स्वागत मन्तव्य श्याम रानाले व्यक्त गरेका थिए ।

त्यस्तै गरि कार्यक्रममा पिताम्बर चापांगाई, मुक्ती सुवेदी, जिवन न्यौपाने, चिरन्जिवी सिग्देल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

टोकियोबाट अध्यक्ष जिवन न्यौपानेको नेतृत्वमा नबिन थापा, मुक्ति सुबेदी, सुरेश रेग्मी, योगन थापा, अर्जुन हमाल, पिताम्बर चापांगाई, सुर्य कार्की लगायतको टोली नागोया पुगि कार्यक्रम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?