जापानमा फेरी गयो ५.६ रेक्टर स्केलको भूकम्प

japan-earthquake

जापान ।जापानमा केही बेर अघि शक्तिशालि भूकम्प गएको छ । जापानको राजधानी टोकियो नजिक इबाराकी केन नाबु केन्द्र भएर साँझ ९ बजेर २३ मिनेटमा ५.६ रेक्टर स्केलको शक्तिशालि भूकम्प गएको हो ।

भूकम्पको धक्का राजधानी टोकियो , चिवा सहितका क्षेत्रमा ठूलो अनुभव गरिएको छ । भूकम्पपछि सुनामीको कुनै खतरा नरहेको जापान मेटोलोगिकल एजेन्सीले जनाएको छ ।

भूकम्पको अनुभव टोकियो,चिवा तोचिगी , फुकुसिमा लगायतका स्थानमा गरिएको छ ।

भूकम्प पछि राजधानी टोकियो आसपासका क्षेत्रमा केही बेर रेल सेवा अवरुद्ध भएको थियो।

सो भूकम्पका कारण भौतिक संरचनाको कुनै पनि क्षति नभएको जनाईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?