आज बेलुका ५ बजेदेखि टोकियो रोधी क्लबमा साकुरा नाईट

Shakura Night Japanटोकियो । जापानको टोकियो रोधी क्लबमा आज साँझ ५ बजे साकुरा नाईट कार्यक्रम हुँदैछ ।

सूर्य कर्पोरेशनले गोल्डेन विकको अवसर पारेर फुकुओकापछि टोकियोमा साकुरा नाइट कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा नेपालका चर्चित गायक रामकृष्ण ढकाल, हिमाल सागर, गायिका मिलन अमात्य, हाँस्यकलाकार जितु नेपाल ‘मुन्द्रे’लगायतको प्रस्तुति रहनेछ ।

कार्यक्रममा सहभागी हुनेहरुका लागि ३ हजार जापानी येनको टिकट तोकिएको छ । सहभागीहरुले त्यसमध्येबाट एउटा पेय पदार्थ र खाजा सेट पाउनेछन् ।

सूर्य कर्पोरेशनले इन्टरनेशनल इन्टरटेनमेन्ट कम्पनी ग्रिस्मा इन्टरटेनमेन्टसँग मिलेर साकुरा नाइट कार्यक्रमको आयोजना गरेको हो ।

यसअघि ग्रिस्माले नेपालमा भारतका चर्चित गायक मिका सिंहको कन्सर्ट समेत आयोजना गरेको थियो । साकुरा नाइटका लागि नेपालबाट ग्रिस्मा इन्टरनेशनलका निर्देशक गृहेन्द्र घिमिरे र नेपालका पहिलो व्यवसायिक डिजे राजु पनि जापान आइपुगेका छन् ।

साकुरा नाइटमा जापान नै रहदै आएका ख्यातिप्राप्त गायक रामकृष्ण बम मल्ल र चर्चित डिजे जोन छत्यालको बिशेष प्रस्तुति रहने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?