“तमु धीं जापान कप” टिम दर्ताको लागी आवेदन खुल्ला

japanतमु धीं जापानले “तमु धीं जापान कप“ फूटसल प्रतियोगिताको आयोजना गरेको छ। जापन स्थित सेतागाया(कु, हाचीमानदाइ २(१८,फुटसल कोर्टमा जुन २६ तारीक आईतबारको दिन ठिक १०बजे बाट शुरु हुने गरि सौगत तमुको संयोजकत्वमा सो प्रतियोगिता आयोजना गरिने भएको हो।

सो प्रतियोगितमा सहभागीताका लागि सम्पूर्ण खेलाडीहरुलाई आयोजक संग सम्पर्क गरि आफ्नो स्थान सुरक्षित गर्न आयोजकले अनुरोध समेत गरेको छ ।

’खेल राष्ट्र स्वास्थ्य र मेलमिलापको लागि खेलकुद’ भन्ने मूल नाराका साथ यस प्रतियोगीतामा १६ टिमको सहभागिता रहने जनाईएको छ। टिम दर्ताको निम्ति ८ खेलाडी १ मेनेजर र १ प्रशिक्षक गरि जम्मा १०जना हुनुपर्नेछ। टिम दर्ता शुल्क ३ मान ऐन निर्धारण गरिएको छ।

यस प्रतियोगिताको प्रथम पुरस्कारको धनराशि २११,१११ऐन, दोस्रो १११,१११ऐन र ट्रफि मेडल साथै प्रमाणपत्रहरु ःख्ए खेलाडी ,सर्वा्धिक गोलकर्ता ,उत्कृष्ट गोलरक्षकलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ।

फुटसल प्रतियोगिताका नियमहरु यसप्रकार बताईएको छ

१.सम्पुर्ण खेलाडी नेपाली नागरिक हुनु पर्नेछ।

२.रेफ्रिको निर्णयनै अन्तिम निर्णय हुनेछ।

३.खेलाडी नाम सुचीभन्दा बाहिरको व्यक्ति खेल्न नपाईनेछ।

४. दुईवटा ऐल्लो वा रेड कार्ड पाएका खेलाडी त्यस पछिको एक खेल प्रतिबन्धित हुनेछ।

५. तीन वर्ष क्रमश एकै टिम प्रथम भएमा रनिंग शिल र थप नगद ५ मान ऐन प्रदान गरिनेछ ।

६.खेल्ने क्रममा खेलाडीलाई ठुलो चोट लागेको खण्डमा चोटको प्रकार हेरी आयोजक कमिटिलाई उचित लागेमा ५ मान सम्म उपचार खÞर्च सहयोग गरिनेछ ।

७.खेल मैदानमा अभद्र व्यवहार गर्ने कुनै पनि खेलाडीलाई आयोजक कमिटिले प्रतियोगिताबाट निलम्बितका साथै आवश्यक परेको खण्डमा ३ बर्ष सम्म यस “तमु धीं जापान कप“ बाट नै निलम्बित गरिनेछ।

८.बराबरीको सन्दर्भमा

८.१. ग्रुप लिगमा पोईन्ट बराबर भएमा टस मार्फÞत पहिलो दोस्रो छुटाईने छ।

८.२ क्वार्टर र सेमि फÞाइनलमा बराबरमा टुंगिन गएको खण्डमा पेनाल्टी सुट आउट गरिनेछ र फेरी पनि बराबर भएमा टस मार्फÞत हार जीत छुटाईने छ।

८.३.फाईनल खेलमा खेल बराबरीमा टुंगिन गए थप १०मिनेट खेलाईने छ।थप समयबाट पनि निर्णय नभएको खण्डमा पेनाल्टी सुट आउट मार्फÞत हार जीत छुट्टाईनेछ।

९.प्रोटेष्टको सन्दर्भमा

९.१. प्रोटेष्ट कर्ता वा टिमले आयोजकलाई खेल सकिएको ५ मिनेट भित्र १ मान ऐन र निवेदन पेश गरिसकेको हुनुपर्नेछ।

९.२. प्रोटेष्ट सफल भएको खण्डमा प्रोटेष्ट कर्ता वा टिमलाई ५ हजार ऐन फिर्ताका साथै प्रोटेष्टलाई कार्यान्वयन गरिनेछ ।

प्रतियोगितका आयोजकहरुलाई सम्पर्कका लागि

सौगात गुरुङ ०९०(९८४१(९६९७

रमेश गुरुङ ०८०(३५८५(०१०९

लील गुरुङ ’नमस्ते’ ०९०(६०१८(१०३६

हजार ऐन फिर्ताका साथै प्रोटेष्टलाई कार्यान्वयन गरिनेछ ।

प्रतियोगितका आयोजकहरुलाई सम्पर्कका गर्नका लागि

सौगात गुरुङ ०९०(९८४१(९६९७

रमेश गुरुङ ०८०(३५८५(०१०९

लील गुरुङ ’नमस्ते’ ०९०(६०१८(१०३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?