जापानमा भूकम्पका कारण १२ हजार घर असुरक्षित

एजेन्सी।जापानको दक्षिणी पश्चिमी भुभागमा पछिल्लो समयमा गएको शक्तिशाली भूकम्पका कारण १२ हजार घरहरु लगायत अन्य भवनहरु जिर्ण अवस्थामा पुगेको जापानी अधिकारीहरुले बताएका छन् ।
जापानको भूगोल, पूर्वाधार, यातायात र पर्यटन मन्त्रालयले कुमामुटो नगरपालिकाका ४३ हजार भवनहरुमा गरिएको सर्वेक्षणमा १२ हजार १३ घर बस्न अयोग्य रहेको ठहर गरेको हो।
साथै सो भवनहरु आउँदा दिनहरुमा आउन सक्ने सामान्य पराकम्पनले पनि ध्वस्त हुन सक्ने जनाईएको छ ।
अप्रिल १४ र १६ मा जापानको कुमामुटो क्षेत्रमा क्रमश ६.५ र ७.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।
सिन्जु आवे नेतृत्वको सरकारले क्षतिग्रष्त कुमामोटो क्षेत्रमा आउँदो बजेटमा पुनर्निमाणका लागि आवश्यक पर्ने बजेट पारिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?