टोकियो ओलम्पिकको लोगो सार्वजनिक

tokyo-olympics-logo-2020--design-japanटोकियो । जापानले २०२० को ओलम्पिक र प्यारा ओलम्पिकको लोगो सार्वजनिक गरेको छ ।

निलो रङ रहेको स साना रिगलाई आयतकारमा प्रस्तुत गर्दै टोकियोले ओलम्पिक लोगो निर्माण गरेको हो ।

लोगोले सहजता र सुन्दरताको सन्देश दिने पनि बताएको छ ।
सात महिनाको लामो अभ्यासपछि ओलम्पिक लोगो सार्वजनिक गरिएको हो ।

आशो टोकोलो नामक जापनी डिजाइनरले ओलम्पिक लोगोकोे डिजाईन गरेका हुन् ।

डिजाईन छनौट भएपछि प्रतिक्रिया दिदैं टोकोलोले आफ्नाे दिमाख खाली भएको र मैले गरेको डिजाईनले जित्यो भनेका छन् ।

लोगोमा रहेको निलो आयातकारले फरक देश र उक्त देशको संस्कृतिलाई झल्काउने बताएको छ । लोगोमा रहेको निलो रगंले जापानको परिष्कृत सौन्दर्यता कोमलता स्वच्छता झल्काउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?