जापान । जापानी विदेश मन्त्री फुमियो किसिदाले जापानले अमेरिकाको माफीप्रति कुनै चासो नराख्ने बताएका छन् ।
विशेष गरी ओबामाले अागामी मे महिनामा हिरोसिमामा गर्नसक्ने भ्रमणलाई लिएर विदेशी मन्त्री किसिदाकाे यस्तो भनाई आएको हो ।
अमेरिकी अधिकारीका अनुसार ओबामा शुक्रबार हिरोसिमा पुग्ने कार्यक्रम रहेको छ ।
अघिल्लाे महिना अमेरिकी विदेश सचिवले हिरोसिमाको भ्रमण गरेका थिए ।
विश्वका धनी राष्ट्रको संगठन जी ७ को शिखर सम्मेलनका लागि ओबामा जापान आउन लागेका हुन् ।
दोस्रो विश्व युद्धका क्रममा अमेरिकाले जापानको हिरोसिमामा आणविक बम खसाल्दा हजारौको मृत्यु भएको थियो ।