जापानको ओयामामा मे २ मा पनि म्युजिक मेला

टोकियो । जापानको ओायामामा आगामी मे २ तारिखमा पनि बृहत सांगीतिक कार्यक्रम म्युजिक मेला हुने भएको छ ।

युनिटी फर नेपालको आयोजनामा मे २ तारिख सोमबार दिउँसो १२ बजे म्युजिक मेलाको आयोजना गरिन लागेको हो ।

ओयामा शि चुओ–चो १–१–१ म्युनिसिपल कल्चरल सेन्टर ओयामामा कार्यक्रम आयोजना हुन लागेको हो ।

कार्यक्रममा जेनिथ रेमिट र हिमालय डाइनिङ तथा नेवारी किचन तोचिगी इभेन्ट पार्टनर रहेका छन् भने नेपाल सन्देश डट कम मिडिया पार्टनर रहेको छ ।

म्युजिक मेलामा नेपालबाट चर्चित गायक सुगम पोखरेल, सम्झना लामिछाने मगर, नविन पौडेल, सहिमा श्रेष्ठ र निर्णय एनएसके आउनेछन् ।

मे १ मा जापानको टोकियोस्थित ओतासिटी हल इकेगामीमा नेपाल सन्देश डट कमको तेस्रो वार्षिक उत्सवको अवसरमा म्युजिक मेलाको पहिलो कार्यक्रम रहेको छ ।

Unity Music mela

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?